tharu-culture-dance-during-maghi

माघीपर्व, थारु समुदाय र स्थानीय सरकार

parkas

प्रकाश चौधरी

माघी पर्व अर्थात माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ । विशेष गरी यो पर्व परम्परागत सांस्कृतिक, धार्मिक र प्राकृतिक कन्दमुलको रुपमा तरुल, सखरखण्ड,चाकु खाने दिनका रुपमा परिचित रहेको छ । परापुर्वकालदेखी जाडो फाल्ने भनेर घ्युसंग खिचडी खाने प्रचलन संगै माघे संक्रान्तिको दिन देखी जाडो कम हुदै जाने विश्वास पनि गरिन्छ । माघी पर्व सबै नेपालीका लागि भएपनि विशेष गरी थारु समुदायका लागि विशेष महत्व र सबै पर्व भन्दा ठुलो पर्वको रुपमा यस माघी पर्वलाई लिने गरिन्छ ।

आफनो परम्परा र मौलिकताको रक्षा गर्दै परापुर्वकालदेखी थारु समुदायले माघी पर्वलाई मुख्य गरी संस्कृतिको रक्षाको लागि नाचगान र खानपिनलाई बढी महत्व दिदै धुमधाम संग मनाउने गरिन्छ । विभिन्न कला र संस्कृतिका धनी थारु समुदायले माघी पर्वलाई विशेष महत्वका साथ बार्षिक उत्सवको रुपमा पनि मनाउदै आएका छन् । आफनो जातीय परम्परा अनुसार समाजमा सामुहिक रुपमा बसोवास गर्दै आएका थारु जाति आफनो भेषभुषा, संस्कृति परम्परा र रहनसहनमा रहेर यो माघी पर्व मान्ने गर्दछन् । यो समुदाय आफनो संस्कृति र रहनसहनको रक्षा गर्दै माघी पर्वलाई थप परिमार्जन गरेर मनाउने अभियानमा पनि लागि परेका छन्् । माघीलाई थारु जातिले नयाँ बर्षको रुपमा पनि मनाउने गर्दछन् ।

सोही दिन पुर्व झापादेखी पश्चिम कञ्चनपुर तथा भित्री मधेस गरी २५ जिल्लामा रहेका थारु समुदायले धुमधाम संग यो पर्व मनाउदै आएका छन् । थारु समुदायले माघीलाई विशेष महत्वका साथ खुसीयाली बाड्दै आफन्तजनको जमघटमा मिठामिठा परिकार बनाएर खाने साथसाथै आफु भन्दा ठुला संग आर्शिवाद लिनुका साथै कला र सांस्कृतिक पहिचान दिलाउँछन् । थारु समुदायले पाँच दिन सम्म थारु मघौटा नाचगान सहित रमाइलो गरी माघी पर्व मनाउने प्रचलनलाई कायमै राखेका छन् ।

पुस महिनाको अन्तिम दिन सुङगुर, बंगुर काटेर खाने र साँझको समयमा सबै थारु समुदायका व्यक्तिहरुले गाउँको महटावाँको घरमा रातभरी जाग्राम बसी धुमरु गित गाई अर्कोदिन माघे संक्रान्ति माघ १ गतेका दिन बिहान नाचगान गर्दै खोलामा गएर स्नान गर्दछन् । स्नानपछि फर्केर ३ थरी बस्तुहरु चामल, नुन र मासको गेडा –निस्राउ चेलिवेटीको नाममा चढाई माघीलाई औपचारिक रुपमा भित्र्याउने प्रचलन रहेको छ । थारु समुदाय आफनै कला र संस्कृतिमा केन्द्रित रही चाडपर्व मनाउदै आएपनि संस्कृति र संस्कार माथी उच्च जातिवाट आक्रमण नभएको पनि होइन । सामन्तवादी सोचाई र प्रवृति बोकेकाहरुले थारु जातिको श्रमको दोहन गर्दै पटक—पटक गुम्राहमा पार्दै आएका छन् । फलस्वरुप थारु समुदायलाई संस्कृतिको रक्षा गर्न गाह्रो परेको हो । अहिले बौद्धिक वर्गका युवाहरुले थप बल पु¥याएपछि यस्को पहिचान र मुद्धा स्थापित हुन सफल भएको छ ।

त्यसो त थारु समुदायले माघीलाई सामान्य र रमाइलोका लागि मात्रै मनाउदै आएका छैनन् । सोही मात्रामा समाजप्रति उत्तरदायी बनेर आफनो मौलिकताको चिनारी दिइरहेका छन्् । थारु जातिहरु न्याय र समान्ता प्रति सधै गर्व गर्दछन् । विडम्वना, थारु समुदायलाई पर्नि फटाऊ र राज गर्र भन्ने प्रवृति बोकेका हरुले थारु समुदायको पुख्र्यौली धनमाथी आक्रमण गरी अप्रवासीको रुपमा पु¥याएका थिए । राज्यले दिने अधिकारवाट सधै बञ्न्चित यो समुदायका बालिबालिका देखी युवा प्रौढ सम्मलाई बधुवा मजदुरको रुपमा जमिन्दारहरुले आफना घरमा राख्ने परम्परा थियो । अहिले यो परम्परा लगभग हटिसकेको छ । अघिल्लो बर्ष राखेका कमैया, कम्लहर छुटने र नयाँ बर्षका लागि राखिने कमैया, कम्लहरको मोलतोल जमिन्दारले टोक्ने कु प्रथाको अन्त्य भैसकेको छ ।

पछिल्लो समयमा कतै कतै थारु समुदायको एकता, सांस्कृतिक र आर्थिक पक्ष विस्तारै हराउदै जान थालेको छ । आर्थिक रुपले थारु समुदाय कमजोर भएपनि सहकारीताको भावना, इमान्दारीता र श्रमप्रति यो समुदायको विश्वास भने कायमै रहेको छ । आफ्नो श्रमप्रति विश्वास गर्ने र कसैको अपराध नगर्ने जातिको रुपमा पनि यो समुदायले नेपाली समाजमा आफ्नो परिचय दिइसकेको छ । थारु भाषा, संस्कृति पहिचानको रक्षा र विकासमा थारु समुदायको एैतिहासिकतावाट पाठ सिक्दै बचाउनका लािग पनि दृढता कायम गरेको छ । थारु समुदायको नयाँ बार्षिक उत्सव र माघी पर्वलाई आफनै गणप्रथा भित्रको नयाँ बार्षिक उत्सवको रुपमा पनि मनाउने गरेका छन् । थारु समुदायले माघी पर्वलाई बार्षिक उत्सवको रुपमा मात्र नभई यसलाई राष्ट्रिय महत्वको चाडका रुपमा मान्दै आएका छन् । तराई प्रदेशको पश्चिम क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका थारुले आफनो मुख्य पर्वको रुपमा यस माघी पर्वलाई लिने गर्दछन् ।

थारु समुदायले समान्ता र लोकतान्त्रिक पद्धति अनुसार आगामी एक वर्षका लािग गाउँगाउँमा बडघरिया – गाउँको मुटावा) गाउँको मुली । चिरकिया – गाउँको पुजारी) चौकिदार (गाउँको हुलाकी ) सर्वसम्मत रुपमा चुन्ने गर्दछन् । थारु समुदायले अगुवा, पुजारी, हुलाकी चुन्ने प्रक्रिया लोकतान्त्रिक विधि मार्फत चुन्ने क्रम इतिहासकाल देखी नै अपनाउदै आएका छन्् । गाउँको महटावाँ प्रथा एक वर्षदेखी दश बर्ष सम्म एउटैले चलाउने गरेको पनि देखिन्छ । सरकारको आर्थिक बर्ष असार सम्म हुन्छ भने थारु समुदायको माघ महिना सम्म हुन्छ । थारु समुदायको संस्कार संस्कृति लोकतान्त्रिक विधि र कार्यपालिका आफनै किसिमको रहेको छ । शाही शासनकालमा महटावाँ प्रथा खोसिएपनि फेरि लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै मटावाँ प्रथा झन् विकसित भएकोे पाइन्छ । नेपालमा चलेको विद्रोही माओवादीले चलाएको सशस्त्र द्धन्दको सकारात्मक परिणाम अनुसार गाउँघरमा रहेका महटावाँ प्रथाले गाउँका स—साना झगडा मिलाउने देखी विकास निर्माणका काममा समेत सहभागिता जनाउदै तिब्र विकास अभियानमा लामवद्ध भएको पाइन्छ ।

नेपालमा संविधान थिएन, संविधान पनि बनिसक्यो । थुप्रै पटक निर्वाचन पनि भयो । तर थारु समुदायलाई यो संविधानले अझै छोएको छैन । थारु समुदायको समाजमा आफ्नै मुल्य, मान्यता र आफ्नै मौलिकताको कानुन रहेका छन्् । देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको अवस्था छ । स्थानिय सरकार बनिसक्यो, जनप्रतिनिधिहरु क्रियाशिल छन् । प्रादेशिक सरकार बन्ने तयारी भैरहेको छ । तर राज्यले थारुजातिको ३३ कोटीका देवता हुन भन्ने थाहा पाएपनि थाहा नभएझै गरी कानुनी अधिकार भने अझै सम्म दिन सकेको छैन ।
यदि राज्यले थारु समुदायलाई हक अधिकार नै दिन सक्ने हो भने कुनै अधिकारवाट बञ्चित नगरी जिम्मेवारी दिन सकेमा सजिलै संग स्थायिय तहमा नेतृत्वदायी भुमिका निभाउन सक्छन् । जस्को उदाहरण महटावाँ प्रथा नै काफी रहेको छ । थारु समुदायको बाहुल्यता रहेको समाजमा राज्यको आँखा पुग्न सक्ने हो भने स्थानिय सरकार समेत थारु महटावाँ र थारु समुदायले सजिलै संग चलाउन सक्ने देखिन्छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*