ghanashyam copy

उत्पादनका लागि पकेट क्षेत्र वनाउनुहोस् : पाण्डे

तुलसीपुर, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले उद्यमीहरुको जीवन स्तर वदल्नका लागि उत्पादनका लागि पकेट क्षेत्र वनाएर उत्पादन गर्नुपर्ने वताएका छन् ।

ghanashyam copyउनले धेरै थरिका कुरा उत्पादन गर्नुभन्दा उत्पादनका लागि वेग्लै पहिचान वन्ने गरी एकै किसिमको उत्पादन गर्नका लागि उद्यमीहरुलाई सुझाव दिए । “माहुरीपालन, वाख्रापालन होस् या कुनै तरकारी खेति नै किन नहोस् पकेट क्षेत्र वनाएर उत्पादन गरियो भने मात्रै त्यसले उद्यमीको जीवनस्तर वदल्न सक्छ ” उनले वताए ।

पकेट क्षेत्र अनुसार उत्पादन गर्ने कृषकलाई उपमहानगरले विशेष सहयोग गर्ने समेत उनले वताएका थिए । “उत्पादन एकै किसिमको गर्दा त्यसले उत्पादक र उत्पादन गर्ने ठाउँको पहिचान दिन्छ ” पाण्डेले वताए ।

जिल्ला लघुउद्यमी समुह दाङ्गको आयोजनामा तुलसीपुरमा लघुउद्यमीका लागि आयोजना गरिएको एकदिने कार्यशाला गोष्ठीमा उद्यमीहरुले उत्पादन र वजरीकरणका विविध समस्याका वारेमा छलफल गरेका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*