पाँच वर्षमा यहाँका युवा विदेशिनु पर्दैन : पोख्रेल

दाङ, ३ मंसिर । बाम गठबन्धनका दाङ निर्वाचन क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले आफूले जितेमा पाँच बर्षमा प्रदेश नं. ५ का कुनैपनि युवा रोजगारी खोज्दै विदेशिनु नपर्ने बताएका छन् ।

shankar2रिपोटर्स क्लव नेपाल दाङ शाखाले आज आइतबार तुलसीपुरमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले सक्षम जनशक्ति विकास भनए भने देश नबन्ने हुँदा त्यसैका लागि आफूले जिते इमान्दारी पूर्वक पहल गर्ने बताए ।

नेकपा एमालेका स्थानीय कमिटी सदस्य पोख्रेलले आफूले जितेमा प्रदेश नं. ५ को मुख्य मन्त्री बन्ने र हरेक युवालाई कुनै न कुनै खालको तालिम तथा सिप प्रदान गर्ने बताए । हरेक युवाको स्वास्थ्य विमा बनाउने बताएका पूर्व मन्त्री पोख्रेलले सक्नेले आफै त्यो विमा बनाएतापनि विमा बनाउन नसक्नेहरुलाई राज्यले नै लगानी गरेर विमा बनाइ दिने बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*