Monthly Archives: १४ कार्तिक २०७४, मंगलवार १६:०७

घर अगाडी फोहर गर्नेलाई कारवाही

23113752_10209718938600578_1297452407_n

तुलसीपुर, १४ कार्तिक । घर अगाडी फोहोर गर्नेलाई कारवाही नगर्दासम्म सरसफाई अभियान प्रभावकारी नहुने सरसफाई अभियन्ताहरुले वताएका छन् । तुलसीपुरलाई स्वच्छ र सुन्दर नगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालन भइरहेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको अभियानमा निरन्तर सक्रिय भइरहेकाहरुले यो कुरा वताएका हुन् । अभियानको ६३ औ हप्ताको कार्यक्रममा वोल्दै मेयर घनश्याम पाण्डेले अभियानले आम मानिसमा सरसफाईप्रति सचेतना वढाउदै लगेको ...

Read More »

पेस्तोल देखाएर पाँच तोलाको सुन लुटियो

pestol

इटहरी, १४ कार्तिक । इटहरीमा पेस्तोल देखाएर एक गहना पसलबाट पाँच तोला सुन लुटिएको छ । इटहरीको रोयल गोल्ड सुनचाँदी पसलबाट एकजना व्यक्तिले पेस्तोल देखाएर पाँच तोलको सुनको सिक्री लुटेर लगेको प्रहरीले जनाएको छ । सिक्री लुट्ने व्यक्तिको फोटो सिसी क्यामेराको फुटेज हेरेर खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Read More »

सम्पत्तीको विवादमा छोराले बाबुको हत्या गरे

hatya-5

कलैया, १४ कार्तिक । अंशसम्बन्धीको विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई उनका छोरा सुशील र सुनिल मिली हत्या गरेका हुन । बाँसको भाटाले टाउकोमा हानेपछि वेहोस वनेका महतोलाइ जिल्लास्थित कलैया अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ अस्पतालमा होस नआएपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो तर गम्भीर ...

Read More »

ढुङ्गेल १२ वर्ष ५ महीना २२ दिनका लागि कारागार चलान

balkrishna-dhungel

काठमाडौं, १४ कार्तिक । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ पछि १२ वर्ष ५ महीना २२ दिनका लागि सदरखोर कारागार डिल्लीबजारमा कैद भुक्तानका लागि चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मङ्गलवार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुङ्गेललाई डिल्लीबजार कारागार चलान गरेको हो । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा ...

Read More »

६७ जिल्लामा सांसद विकास कोषको रकम रोक्का

cabenet

काठमाडौँ, १४ कार्तिक । मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश नं १ का १४, प्रदेश नं ...

Read More »

दाङमा आठ मतदानस्थल अति संवेदनशील र १३२ मतदानस्थल संवेशनशीलको सूचीमा

election-in-nepal

दाङ, १४ कार्तिक । दाङका एक सय ५१ मतदान स्थलमध्ये आठ ओटा मतदानस्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ । त्यस्तै एक सय ३२ मतदानस्थललाई संवेदनशील र ११ मतदानस्थल सामान्यको सूचीमा राखिएको छ । आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तय गरिएका ती मतदानस्थललाई सुरक्षाको स्थिति, यातायातको पहुँच र विगतको गतिविधिलाई आधार मानेर अति संवेदनशील, संवेदनशील र सामान्य ...

Read More »

सीप सिक्दै दाङका महिला समूहहरु

22814280_1514821181942535_5513758793794825481_n (1)

दाङ, १४ कार्तिक । स्थानीय सीप र प्रविधिलाई सदुपयोग गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले जनउत्थान विकास समाज केन्द्र दाङले अल्लोका समाग्री बनाउने तालिम सञ्चालन गरेको छ । जिल्लामा सञ्चालित द्धन्दप्रभावितहरुका लागि बजार निर्माण परियोजना कार्यक्रम अन्तरगत जिल्लामा गठन भएका विभिन्न महिला समूहका सदस्यहरुलाई तालिममार्फत सीप सदुपयोग गर्दै आत्मनिर्भर बन्न उत्पेरित गर्न तालिम आयोजना गरिरहेको केन्द्रका कार्यकारी प्रमुख कुलबहादुर डाँगीले जानकारी ...

Read More »

बजार नपाउँदा विस्थापित हुँदै अष्ट्रिच फार्म

astirj

दाङ । करीब पौने १ अर्बको लगानीमा २०६९ मङ्सिरमा दाङको दुधरासको बर्लेनीमा स्थापना गरिएको अष्ट्रिच फार्म बजारीकरणको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । पश्चिम नेपालकै पहिलो अष्ट्रिच फार्मका रूपमा रहेको उक्त फार्ममा शुरूमा ७ सय ५० ओटा अष्ट्रिच रहेकोमा अहिले जम्मा ३६ ओटा मात्रै छन् । व्यवसायले स्थानीय बजार नपाउनु, दाना उत्पादनका लागि स्थानीय रूपमा कच्चापदार्थको अभावलगायत समस्याले फार्मले ...

Read More »

दाङमा यस्तो छ निर्वाचन कार्यतालिका

Elction-n

दाङ, १४ कार्तिक । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार दाङको घोराहीमा राजनीतिक दलहरुलाई राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार कात्तिक १६ गते उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने छन् । सो दिन १० देखि बेलुका ५ बजेसम्म ...

Read More »

सर्वस्वसहित जन्मकैदको सजाय पाएका बालकृष्ण ढुंगेल पक्राउ

balkrishna-dhungel

काठमाडौं, १४ कार्तिक। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ परेको छ । तर, ढुंगेललाई पक्राउ गरिए पनि प्रहरीले भने पुष्टि गरेको छैन ।

Read More »