sex

यौनक्रिडा गरिरहेका प्रहरीलाई स्थानीयले रंगेहात भेटेपछि…

रौतहट– रौतहटको इलाका प्रहरी कार्यालय डुमरियामा डयुुटीकै समयमा स्थानीय महिलासँग यौनक्रिडा गरिरहेकाबेला स्थानीयले पक्राउ गरी प्रहरी कार्यालय बुझाएका छन् ।

इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोले शुक्रबार राती डयुटीमै रहेको समयमा एक स्थानीय महिलासँग यौनक्रिया गरिरहेको भन्दै कारबाहीको माग प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

आरोपी प्रहरी जवानसहित ती महिलालाई हिरासतमा लिएको र घटनाबारे अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रौतहटका प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले आरोपी प्रहरीले उक्त केटीलाई डयुुुटीको समयमा शुक्रबार राती कार्यालयमा भेटन बोलाएको कारण दोषी देखिएको बताए । तर अन्य घटनाबारे छानविन भइरहेको र उनलाई निलम्बनको प्रकृया सुुरु भइसकेको एसपी पोखरेलले जानकारी दिए । साभार रातोपाटीबाट

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*