रोल्पा मासुमा आत्मनिर्भर, वार्षिक ३३ लाख किलो मासु उत्पादन

रोल्पा, २९ भदौ । रोल्पामा वर्षेनी ३३ लाख १७ किलो मासु उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको र औसत राष्ट्रिय आवश्यकता अनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ ।

meatकुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको ििजल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिए । पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ । यो सँगै रोल्पा मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको देखिन्छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*