एन्टोजद्धारा पत्रकार महासंघ र उवासंघमा निर्वाचित संघका सल्लाहकारहरुलाई सम्मान

इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यसमिति (एन्टोज) ले नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल र सचिव उदय जिएमलाई सम्मान गरेको छ । आज बुधवार दाङको घोराहीस्थित कार्यालयमा कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो । पोख्रेल र जिएम संघका सल्लाहकार पनि हुन् ।

iiकार्यक्रममा संघका अध्यक्ष धनिराम शर्मा, सल्लाहरका सुशील गौतम, एन्टोजका कोषाध्यक्ष उदय बीसीलगायतले अविर र खादाले स्वागत गरेका थिए । सो अवसरमा पर्यटन पत्रकार संघका सल्लाहकार दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकीलाई पनि स्वागत एवं सम्मान गरिएको थियो ।

कार्यक्रममा संघको यही असोज ४ गते वर्दियाको ठाकूरद्धारामा हुने प्रथम राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा सुझाव दिदै संघका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले महाधिवेशनले नेपालको पर्यटन प्रवद्धन गर्नका लागि महत्वपूर्ण योजना बनाएर लैजानुपर्ने बताए । विद्यानमा व्यवस्था भएअनुसार पर्यटन प्रवद्धनका योजनाहरुलाई अगाडी लैजान उनले सुझाव दिए ।

सल्लाहकार सुशील गौतमले पर्यटनको विकास गर्ने विषयलाई नीति बनाएर लैजानुपर्ने बताए । महाधिवेशनबाट पर्यटन विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु बनाएर लैजान पनि सुझाव दिए ।

222कार्यक्रममा सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले पर्यटनलाई पत्रकारहरुले विट बनाएर लैजादा पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भन्दै यसमा ध्यान दिन आग्रह गरे । आन्तरिक पर्यटकीय क्षेत्रलाई जोडने माध्यम एन्टोज बन्नुपर्ने उनले बताए ।
अर्का सल्लाहकार खड्ग बुढाथोकीले व्यवसायीक पर्यटन विकासको लागि कार्ययोजना बनाएर अगाडी वढ्न सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार महेन्द्र बुढाथोकीले पनि आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण एन्टोजका महासचिव केशरमान विसीले गरेका थिए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*