तुलसीपुर उपमहानगरपालिकाको ११ औ कार्यपालिका वैठक

दाङ, २८ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ११ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगर प्रमुख घनश्यामको अध्यक्षतामा वसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

tulsipur nagarpalikaबैठकले गरेका निर्णयहरु
१) मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेको छ ।
अव सुत्केरीले ५ हजार प्रोत्साहन भत्ता पाउने वाटो खुलेको छ । २०७४ साउन १ गते देखि यो लागु हुनेछ ।
२) योजना जाँचपास तथा फरफारक समिति उपमेयर माया आचार्यको संयोजकत्वमा निम्नानुसार गठन गरियो ।
सदस्यहरु ः देवराज विक, अमर नेपाली, दिपक कुमाल, सुशिला वुढाथोकी, सम्वन्धित वडाको वडाध्यक्ष पदेन सदस्य रहने ।
सदस्य सचिव ः कार्यकारी अधिकृत
३) उपमहानगरपालिकाका योजना कार्यान्वयन कार्यविधि तयार गर्ने
४) तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रेस संयोजकमा पत्रकार वसन्त विवश आचार्यलाई तोक्ने ।
५) नगरस्तरिय र वडा स्तरिय नागरिक वडापत्र तयार गर्नका लागि सार्वजनि सेवा समितिका संयोजक प्रवक्ता श्याम डाँगीलाई दिने ।
६) सडक, फुटपाथ र नाला आसपासमा रहेका ढ्याब्ली, काउन्टर र अन्य फुटपाथ पसल हटाउने ।
७) तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र रहेका सवै व्यापार, व्यवसाय, उद्योग असोज महिना भित्र अनिवार्य दर्ता प्रक्रियामा ल्याउने ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*