धादिङको घोप्टेभिरबाट बस खस्यो, ३१ जना गम्भीर घाइते

धादिङ, २७ भदौ । काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभिरमा दुर्घटना भएको छ ।

verrrrदुर्घटनामा परी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बस सोमबार राती २ बजेतिर बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*