खोलाहरुको टेन्डरमा करोडौंको मिलोमतो ,पुनः टेन्डर गर्न व्यवसायीहरुको माग

घोराही २७ भाद्र । जिल्ला समन्वय समितिले आव्हान गरेको जिल्लाका विभिन्न खोलाहरुको करोडौंको टेन्डरमा मिलोमतो भएको भन्दै व्यवसायीहरुले पुनः त्यसको टेन्डर माग गरेका छन् । टेन्डरका लागि फाराम किनेको र बुझाउने समयमा आफूहरुले बुझाउन नपाएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । जिल्ला समन्वय समितिले जिल्लाका दुईदर्जन बढी नदी र खोलाहरुमा नदीजन्य पदार्थको लागि टेन्डर आव्हान गरेको थियो ।

jilla samanyon samiti dang

शारदा निर्माण सेवा सल्यान, समृद्धि निर्माण सेवा कपिलबस्तु, साउदी वराह निर्माण सेवा लमही, भाग्यलक्ष्मी निर्माण सेवा लालमटिया, पशुपति निर्माण सेवा गढवालगायतकाले टेन्डर फाराम बुझाउन नपाएको भन्दै निर्माण व्यवसायी संघमा जानकारी गराएपछि आइतबार खोलिएको टेन्डर मिलोमतोको आधारमा तय गरिएको हुन सक्ने संघको भनाई छ । खासगरी हापुर खोला, राप्ती रनसिङ दोभान, पाखापानी, मटेरिया घाट अर्जन दोभानका लागि आव्हान गरिएको टेन्डर मिलोमतोमा जतिमा आव्हान गरिएको थियो, त्यतिमा स्विकृत गरिएको बताइएको छ ।

टेन्डरमा स्वच्छ प्रतिष्पर्धा भएको भए टेन्डरका लागि रकम बढाबढ हुने र टेन्डर बढि रुपैयाँमा जाने बताइएको छ । राप्ती नदीको मटेरिया घाट अर्जुन दोभानमा २२ लाख ५० हजार ८ सय ६४ रुपैयाँ, राप्त्ी नदी दोभान पाखापानीमा ७९ लाख ३८ हजार, हापुरखोला मज्गै टारी क्षेत्रमा १० लाख ५८ हजार चारसयमामा टेन्डर आव्हान गरिएकोमा अन्य फर्म किनेकाहरुले टेन्डर भर्न नपाएपछि सोही रकममा टेन्डर स्विकृत गरिएको व्यवसायीहरुको गुनासो छ ।

टेन्डर रकममा बढाबढ गर्न पाएको भए राजश्व समेत बढि उठ्ने व्यवसायीहरुको भनाइँ छ । यता यस विषयमा दाङ निर्माण व्यवासयी संघका महासचिव शोकबहादुर रोकाले आफूहरुलाई पनि व्यवसायीहरुले यस विषयमा गुनासो गरेको जानकारी दिँदै अस्वस्थरुपमा टेन्डर गरिएको भए पुनः टेन्डर हुनुपर्ने माग गर्नुभयो । ‘टेन्डर आव्हान भएपछि त्यसमा सबै सहभागि हुनुपर्ने मान्यता संघको हो । गुनासो आएकाले हामी पनि यस विषयमा बुझ्नेछौं’ महासचिव रोकाले भन्नुभयो ।

यता यसविषयमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसँग बुझ्दा उहाँले फाराम दर्ता गर्न नदिएको विषयमा जानकारी गराएको भए सोही दिन प्रहरीप्रशासनको तर्फबाट एक्शन लिइने थियो भन्दै गुनासो आएकाले सम्बन्धित निकायसँग सोधपुछ गर्ने र गल्तीकम्जोरी भएको भए कारवाही गरिने प्रतिक्रिया दिनुभयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*