नाप तौल विभागका तीन कर्मचारी घुस लिदालिदै अख्तियारको फन्दामा

काठमाडौं, २२ भदौ । नाप तौल विभागका तीनजना कर्मचारी घुस लिदालिदै पक्राउ परेका छन् ।

photoबालाजुमा रहेको गुणस्तर तथा नाप तौल विभागका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पाँच लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

भक्तपुरको सल्लाघारीमा रहेको एउटा रेष्टुरेन्टमा ट्याक्सी मिटर जडानको विषयमा घुस लिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*