सबैलाई मिलाएर अघि बढ्नुस्, ‘अध्यक्ष प्रचण्ड’

भदौ १९, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई सबैलाई मिलाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यसपटक हामीले संगठनको क्षेत्रमा नयाँ प्रयोग गर्न खोजेका छौं । तपाई क्रान्तिकारी विद्यार्थीहरुले सानदार रुपमा त्यो प्रयोग गर्नुभएको छ । संगठनलाई गतिशील बनाउन अब निर्वाचनको दिशामा जानुको बिकल्प छैन । तपाईहरुले गरेको प्रयोगका जोखिम पनि छन् । तपाईहरुले सबैलाई मिलाएर अघि बढ्नुस् र अखिल (क्रान्तिकारी) लाई जुझारु र गतिशील संगठनका रुपमा स्थापित गर्नुस् ।’

IMG_6687

अहङ्कारले नेतृत्व विकास र पार्टीलाई गम्भीर क्षति हुने भएकाले मिलेर अघि बढ्न प्रचण्डले सबैलाई अपील गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो आलोक, रबिन्द्र श्रेष्ठहरुले आफूलाई माओवादीको मसिहा ठान्थे । तर, ती टिकेनन् । हामीले व्यक्तिमा होइन, सामूहिकतामा विश्वास गर्नुपर्छ, आफ्नो अहङ्कार त्यागेर सबै मिलेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका थिए भने अध्यक्ष प्रचण्डले निर्वाचित पदाधिकारीलाई विजयको प्रमाणपत्र दिनुभएको थियो । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अखिल (क्रान्तिकारी) लाई माओवादी केन्द्रको हुलाकी बनाएर शैक्षिक रुपान्तरण र राजनीतिमा गतिशील बनाउने बताउनु भयो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*