बहुआयामिक प्रतिभाकी धनी करिश्मा

काठमाडौ । मोड्लिङ क्षेत्रमा चर्चाको शिखरमा पुगेकी करिश्मा इटानी कला र गलाको पनि धनि छिन् । मोड्लिङ, अभिनय र गायन क्षेत्रलाई एकैसाथ अगाडि बढाएकी करिश्मा हेर्दा पनि अत्यन्त सुन्दर छिन् । उनको रुपमा लठ्ठ नपर्ने सायद कमै होलान् ।

21284738_477610972607892_1907243477_o

नृत्यमा पनि पोक्त करिश्माले अहिलेसम्म ५ वटा म्यूजीक भिडियोमा अभिनय गरि सकेकी छन् भने केही गीतहरुमा उनले आफ्नो स्वर दिएकी छन् । धादिङमा २४ वर्ष अगाडि जन्मिएर काठमाडौलाई कर्मथलो बनाएकी करिश्मा भविष्यमा सफल मोडल, सफल गायीका बन्ने अठोट लिएर अगाडि बढि रहेकी छन् । बाबा अर्जुन इटनी र आमा जुना इटनी र पुष्पा इटनीको साथसहयोगमा यो क्षेत्रमा अगाडि बढि रहेको बताउने करिश्मा राम्रो फिलिममा अफर आएमा फिलिम क्षेत्रमा समेत पाइला राख्ने सोँचमा छिन् ।

21322692_477611012607888_1282755806_n

व्यवसायीकरुपमा व्यूटीपार्लर समेत गरिरहेको र गीतसँगीतबाट थोरैधेरै कमाई रहेकी करिश्मा मेजर अंग्रेजीमा व्याचलर पढ्दापढ्दै मोडलिङ क्षेत्रमा लागेकी हुन् । बाल्यकालदेखि नै गीतसँगीत भनेपछि हुरुक्क हुने करिश्माको स्वर पनि मिठो छ ।

21284389_477611019274554_776559241_o

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*