मामा रिम प्रसाद पन्थीको शोकमा भान्जाको लेख

माधव बेल्वासे
जन्मस्थान अर्घाखाचि मालारानि ८ वाजखर्क हाल कपिलवस्तुको शिवपुर अर्घाखाची जिल्लाको साविक हंसपुर गाविस वडा न ९ मा २०२० साल चैत्र १७ गतेका दिन जन्म भयो । बाबु स्व.दधिराम पन्थि र माता गोमा पन्थिको कोख वाट माईला छोराको रुपमा जन्मिनुभएको हो ।जिल्लाको इन्द्रनेटामा उहाको वाल्यकाल वित्यो । सानै देखि वोलिमा मिजासिलो र व्याभारमा लगनशिल र अध्यानप्रति निकै आर्कषित हुने गनुहुन्थ्यो ।आफ्नो अध्यान सगै जागरिको शिलसिलामा पनि उहा शिक्षकको रुपमा काम गर्न थाल्नु भयो ।२०४० साल देखी शिक्षण पेशामा आवद्ध रहि अर्घाखाची जिल्लाको सिद्धारा,साखिन्धारा लगाएतको िविद्यालयमा अध्यापन गराउदै उहा रतन्मारेमा रहेको सिद्धार्थ उच्च माविमा आउनु भयो ।

18920481_109237223014045_4629524162990671120_nसाधा जीवन ,सबै सग मिल्ने कोहि कसैप्रती नराम्रो नसोच्ने ,अति नै सरल झण्डै ३० बर्ष शैक्षिक सेवामा अति इमानदारीताका साथ काम गर्नुभएको जति घमण्डि मानिस पनि उहाको नजिक आए उसलाई पगाल्न सक्ने क्षमता सायद जो कसैमा हुदैन तर त्यो क्षमता मेरा मामा रिम प्रसाद पन्थि सग थियो ।

शिक्षण पेसामा लामो समय यात्रा गरेका कारण पनि उहा विद्यार्थिहरु को मनमा वस्न सफल समेत हुनुभएको थियो ।विद्यार्थि सग को त्यो मिलनसार व्याभार देख्दा सायद त्यस्तै शिक्षक म जस्ता विद्यार्थिहरुले पाउन गाह्रो र म जस्ता भान्जाहरुले मामा पाउन पनि गाह्रो होला ।तर खै म त आज भगवान लाई दोष दिन चाहान्छु जो असल व्यक्ति छ उसलाई यो संसारमा राख्न चाहदैनन किन होला भगवनाले यो मेरो भगवानलाई प्रश्न समेत राख्न चाहान्छु ।

सानो परिवार सुखि परिवार २ छोरा १ श्रीमति र आफु कति सुखि परिवार थियो मेरा मामाको ,म त भन्छु मेरो लागि र मेरा आफन्तको लागि साउन १२ गते कालो नै दिन रहेछ ।

हाल जिल्ला शिक्षा कार्यालय अन्तरगत हंशपुर श्रोत केन्द्रका श्रोत ब्यक्ती शैक्षिक ,सामाजिक र राजनैतिक अभियन्ता समेत हुनुहुन्थयो ।विदा भएको कारण र नेपाली हरुको चाड नागपंचमी र रक्षा बन्धनको लागि उहा कपिलवस्तु आउने तरखर गर्नुभयो साउन १२ गते ,मोटरसाईकलमा हिड्न सारै डराउने र भरपार्दा चालक नदेखे वरु पैदल हिडने मामाको बानि थियो ।

पहाडि क्षेत्र भएको कारण भनेको समयमा सावरि साधन नपाईने , मध्यान्न ४ वजिसकेको थियो। सोहि विद्यालयका २ शिक्षक पनि आफ्नो घर जाने तयारि रहेको मामा लाई थाहा थियो र कुरा गर्दा जाने कुरा पनि भयो । ३ जना हुनुभयो मोटरसाईकल २ वटा भए । अव मामा मोटरसाईलमा चढ्न डराउने र चढिहाले पनि चालकलाई राम्रो सग वुझेको हुनुपथ्यो । २ जना साथिहरुले आ आफ्नो माटसाईकलमा वस्न आग्रह गरे तर मामा ले सोच्नुभयो खै कस्कोमा वसु ? यो मामाको प्रश्न पनि थियो ।

यतिकैमा दुवैको उत्तर आयो तपाई इच्छा कुनमा वस्नु हुन्छ ।एक जना इन्द्र बहादुर थापा जलुकेका र अर्का चिरज्ञजीवी पौडेल नुवाकोटका हुनुहुन्थ्यो । मामाले इन्द्र वहादुरलाई रोज्नुभयो । यात्रा सुरु भयो अर्घाखाचिको रतन्मारे देखि सन्धिखर्क सम्मको ।

बाटोमा एक आपसमा गफ चलिरहेको थियो । यात्रा रमाइलो थियो ।मोटरसाईल अल्गाटारी भन्दा ढेडसय मिटर अगाडी आउदा मामा चढेको मोटरसाइकलले अलि बढी स्पिड लिएजस्तो भयो ।अनि चालक थापा सर ले किन हो सर ब्रेक लागेन जस्तो भयो झर्न पर्ने भयो नभन्दै मामा पन्थी मोटरसाइकल बाट फुंगाल्नु भयो ।चलिरहेको मोटरसाईकल वाट फंगाल्दाको पिडा सायद जो कसै थाहा पनि छैन होला ।अति नै ढुंगा भएको ठाउ भएकोले टाउकाको भरमा २० मिटर जति बाटो मै घिसारिनु भयो ।मोटरसाइकल चालक थापासर पनि मोटरसाइकल उछिट्टिदै ३० मिटर पर भित्तामा मोटरसाइकल ठोक्कियो।त्यतिकैमा स्थानीय बालकहरुले मोटरसाइकल पल्टियो भनेर हल्ला गरेपछि स्थानीय वसन्त आचार्य र हरि आचार्यले तुरुन्तै स्वास्थ्यकर्मी बिष्णु आचार्य आइ ब्लड रोक्नेकाममा मलम पट्टि लगाइ स्थानीय श्याम आचार्यको गाडी ब्यबस्थापन गरेर उपचारका निम्ति सन्धिखर्क लैजानु भयो ।टाउकोको भागमा गम्भीर चोट लागेर घटनास्थल मै बेहोश हुनुभएको थियो मामा,।जिल्ला अस्पताल अर्घाखाचिले उहालाई वुटवलको लागि रिफर गर्यो ।

बुटवलका प्रख्यात सर्जन डाक्टर के. आइ. सिंह को टोलिले टाउकोको अप्रेसन र्गयो ।डाक्टरका अनुसार उहाँको होस खुल्न सकेन । डा हरु वचाउने कोसिस गरिरहेका छन तर सकेनन् डा हरु मेरा आफन्दमा रुवावासि छायो ।सवैको आखामा आसुका भल वग्न सुरु गरे ।सयद यो पल अविश्मरणिय रहने छ ।साउन २४ गते हामिलाई छोडेर जानुभयो मामाले ।एक्लो महशुस गरेका छौ ।मेरो मावलि परिवार सगै हामिलो यो संसारमा यक्लो वनाएर मेरा आदरणिय मामा रिम प्रसाद पन्थी प्रति शोक व्यक्त गर्दै स्वर्गमा वास गरुन भन्दै हार्दिक श्रद्धान्जली ।। हार्दिक श्रद्धान्जली

माधव बेल्वासे
जन्मस्थान अर्घाखाचि मालारानि ८ वाजखर्क हाल कपिलवस्तुको शिवपुर

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*