प्रज्ञा–प्रतिष्ठानमा नेपाली दर्शनका विविध पक्षमाथि गरम बहस

काठमाडौँ, १७ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली दर्शनका विविध पक्ष’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानको दर्शन विभाग र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रज्ञा–प्रतिष्ठानका दर्शन विभागका प्रमुख प्राज्ञ दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्यता प्रतिष्ठानका पूर्वकूलपति, कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले गर्नुभएको थियो ।

DSC_6306कार्यक्रममा चारवटा विभिन्न दर्शनका विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए । दर्शनका ज्ञाता विष्णु प्रभातले ‘प्र्रकृतिपूजक बोन दर्शन : संक्षिप्त परिचय’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने डा. भक्त राईले ‘किरात राई मुन्दुमको तत्व मीमांसा’, डा. चन्द्रकुमार सेर्माले ‘किरात धर्म, मुन्धुम दर्शन’, र किरण राईले ‘प्रेमवाद दर्शनको परिचय’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैरागी काइँलाले दर्शनलाई नजिकबाट बुझ्न कार्यक्रम अत्यन्तै उपयोगी भएको उल्लेख गर्नुभयो । उहाँले धर्म र दर्शनले मानव जीवनमा पार्ने प्रभावका बारे यस्तो गोष्ठीले प्रस्ट पार्ने दाबी गर्नुभयो । उहाँले थप्नुभयो, “दर्शन मानव जीवनको दर्पण हो । यसले व्यक्तिगत जीवनमा महत्वपूर्ण प्रभाव पार्छ । नेपालमै चारवटा दर्शनको उत्पत्ति भइसकेको कुरा सर्वविदितै छ । नेपाल दर्शनको उद्गमभूमि नै हो । यहाँ मुन्धुमी दर्शनदेखि बौद्ध दर्शन, सत्यहाङ्मा पन्थी किरात दर्शन र प्रेमवादसम्मको उत्पत्ति नेपालमै भएको छ । यसमा हरेक नेपालीले गौरव गर्नु पर्छ । दर्शनको सही व्याख्या र प्रचारप्रसारमा ध्यान पु¥याउन जरुरी छ ।”

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले छुट्टै दर्शन विभागको स्थापना गरेर नेपाली दर्शनमा बहस र छलफलको परम्परा बसाएको बताउनुभयो । उहाँले प्रतिष्ठानमा नियमित रूपमा यस्ता बहस र छलफल हुने गरेको उल्लेख गर्दै दर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने र विचार व्यक्त गर्ने भन्दा पनि सहभागीहरूसँग प्रत्यक्ष अन्तत्र्रिmया गरी विचार विमर्श गर्ने गरेको सुनाउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले पुर्खाले विविध दर्शनको खोज गरेको उल्लेख गर्दै दर्शनले जीवन र जगतलाई हेर्न र बुझ्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शनले जीवन जिउनका लागि पनि महत्वपूर्ण सहयोग गर्छ ।”

अनुसन्धान केन्द्रका अध्यक्ष डा. भक्त राईले गोष्ठीले मूलधारमा नपरेका दर्शनलाई पनि छलफल र बहसमा ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।
लक्ष्मी गौतमबाट वैदिक मङ्गलाचरण र डिल्लीशेर राईबाट मुन्दुमी मङ्गलाचरण गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमको सञ्चालन बुद्धि तिम्सिनाले गर्नुभएको थियो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*