चितवन, २७ माघ । चितवन आजबाट लोडसेडिङमुक्त भएको छ । काठमाडौं उपत्यका र पोखरापछि यो जिल्ला लोडसेडिङमुक्त घोषणा गरिएको हो ।

chitwan-distचितवन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले एक महिनाअघि लोडसेडिङमुक्त गर्ने घोषणा गरेका थिए । तर एक महिनाको प्रयासपछि चितवन लोडसेडिङमुक्त भएको हो ।

प्रधानमन्त्रीको घोषणा पुरा नभएपछि जिल्लामा उनको बोलीको ठेगान नभएको भन्दै हाँसीमजाकको विषय बनाइरहेका बेला आजबाट चितवन लोडसेडिङमुक्त भएको हो ।