घरघरै पानी धारा भएपछि गाउँलेहरुमा खुशियाली

राजेन्द्र न्यौपाने
गोरखा, २ साउन । गाउँबाट पाँच किमी टाढा रहेको मुल २०७२ सालमा आएको भूकम्पका कारण सुकेपछि शहिद लखन गाउँपालिका वडा नं. २ फिनौदीका गाउँलेहरु पानीका लागि अन्य गाउँमा धाउनुपर्ने बाध्यता थियो ।

bh5नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गाउँमा योजना परेपछि यतिबेला गाउँका प्रत्येक घरका धारामा पानी आउन थालेको स्थानीय कल्पना बयलकोटीले बताए ।

आइतबार एक कार्यक्रमका वीच पातीस्वाँरा फिनाम्दी खानेपानी योजना हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अचल थापा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति भगवानबाबु मास्के, उपसभापति मोहन ढकाल, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक शिव प्रसाद सुवेदी स्थानीय उपभोक्ताहरु, प्राविधिक, स्थानीय नेताहरु लगायतको उपस्थितिमा योजना हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले रेडक्रसले गरेको काम मनकामनामा नमुना योग्य भएको बताए । हामी नेपाल रेडक्रस सोसाईटीलाई

धन्यवाद दिन्छौं । विकट बस्तीमा आएर गाउँका समस्या समाधानमा रेडक्रसले गरेको सहयोग पंशसनिय भएको थापाले बताए । रेडक्रसका योजनामा सँधै वडाको साथ रहने थापाले बताए ।

नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखा गोरखाका समापति भगवान बाबु मास्केले धेरै समस्याहरु गाउँमा भएपछि वडाले प्राथमिकताका आधारमा छनौट गरेका समस्याहरुमा रेडक्रस कार्यक्रमको साथ रहेको बताए । विपन्न परिवारहरुका लागि शौचालय, रछ्यान, संकटाभिमुख परिवारका लागि जीविकोपार्जनका कार्यक्रमहरु समेत गरिने उहाँले बताए । सम्पन्न भएका योजनाहरुको संरक्षणमा उपभोक्ताहरुले ध्यान दिनुपर्ने उनको भनाई छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*