नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले शपथ लिए

काठमाडौँ, २ साउन । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले ाज शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

inndशीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*