प्रहरीलाई फेल गराउने अपराधी खोजौं

गोविन्द खड्का
तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका हत्यामा संलग्न भनिएकाहरु असार २७ सम्म धेरै प्रहरी नियन्त्रणमा परे । केहि बाहेक मुख्य योजनाकार पक्राउगर्न प्रहरी सफल भयो । त्यसलाई आम नागरीकले चमत्कार भनेका छन् । सुन्ने जति बाट प्रहरीले वाह्वाही पाएको छ ।

jilla-police‘यती सफल प्रहरीलाई पटक पटक असफल बनाउने प्रयास गरीन्छ । प्रहरी फेल बनाउनेहरु अपराधी बचाउनमै लाग्छन् । तिनलाई ठिक पार्ने उपाए पनि प्रहरीले पत्ता लगाए समाज साच्चै शान्त हुन्छ होला, होईन ?’ भनेर तुलसीपुरमा प्रहरीको पत्रकार सम्मेलन चलिरहदा फेसवुक स्टाटस मार्फत सोधेको थिए“ । यो प्रश्न प्रहरी वा फेसवुक पेजका साथिलाई मात्रै होईन म आफैलाई पनि थियो ।

गा“जा भाङ खाएर ल परेकाहरु केहि न केहि अपराध गरेका हुन्छन् । तिनलाई पुलिसले छोप्यो नै छुटाउन हतार हुन्छ । आफ्नो मतको पकड बनाउन आतुर नेताहरु त्यसलाई अवसरका रुपमा लिन्छन् । त्यहा दुईथरी मौका मिल्छ पहिलो कुरा निकालेको भनेर फुर्ति लाउन पाईन्छ । मैले तिम्रो काम गरेर गुण लगाएको छु भन्ने हो । त्यसैलाई भजाएर चुनाव जित्ने गरीन्छ ।

दोश्रो फाईदा अच्छा संग खानपीन हुन्छ । मुखले मागेकै खान पिउन पाईन्छ । जो दिनभरी बजारमा हल्लीएको नेताको घरमा सम्भव छैन । त्यसै गरेर केहिको गुजारा चलेको छ । निद भोक टरेको पाईन्छ । व्यक्तिगत जिवन ज्युनका लागि पनि त्यस्ता घटनाको कुरेरै बस्ने गरेको भेटिएको छ । उनिहरु प्रहरी र अदालत वरपर नियमित धाउने गरेका छन् । त्यसो गर्न कुनै जरुरी छैन ।

अझ गजव कुरा सजिलो दलाली चलेको छ । सर्टरभाडा लिई कुनै वोर्ड टंगाएर विदेश मान्छे पठाउनुपर्दैन । यत्रो मुद्धा छ भित्र खोज्या छन् भनेपछि जति पनि झर्छ । अबैद्य लागु औषध वा हत्या, हिंसाका घटनामा बढि लाभ हुन्छ । एउटै मुद्धा बाट लाखौ रकम असुल्न सकिने सजिलो छ । त्यो भित्र कसलाई, कति रुपैया दियो भन्ने खुल्दैन । निर्णायाक तहको व्यक्ति सम्म पुगेको थाह हुदैन । तर पिडक पक्षका आफन्तले मागेजति पैसा दिन तयार हुन्छन् । त्यस बाट कमाउने उपाए आउछ । यसरी ठुलो मान्छे बन्ने र पैसा पनि हुने भएपछि प्रहरीमा धाउन थाल्छन् । अनेकौ उपाए खोजेर अपराधि छुटाउने त्यस बाट व्यक्तिगत लाभ उठाउने गरीन्छ ।

लोभलालच केहि प्रहरीमा पनि देखिन्छ । उच्च ओहदाका प्रहरी अधिकारीहरु पद वा पैसामा प्रभावित भएर धेरै नागरीकले दुःख पाएका छन् । प्रहरी कार्यालय भित्रै महत्वपुर्ण कागजात गायव बनाई मुद्धा फितलो पारीन्छ । अझ घटनाको शुरुवात देखिनै प्रहरी मुचुल्का, केश फारम जस्ता कुरामा समेत लेनदेन चलिसकेको हुन्छ । पत्रपत्रिकामा सार्वजनिक भएको घटना समेत निकै कमजोर बनाएका तथ्य हामि संग छन् । अपराधी संगै बसेर खानपीन गर्ने, उठवस र नियमित सम्पर्कमा रहने तर फरारको सुचिमा दाखिला गरेका घटना सम्म छन् । यस्ता तथ्यले प्रहरी संगठनलाई फेल बनाउने प्रयत्न गरेको हुन्छ । बेला बखतमा प्रहरी अधिकारी विवादमा तानिन्छन् । तुलसीपुरका व्यवसायी हेमराज धिताल लगाएत केहि उदाहरणमा प्रहरीको संका लाग्छ । अहिले सम्म त्यो कुरा पुष्टि गर्न नसक्नु, अपराधी नभेटीनु प्रहरी अनुसन्धान कमजोर असक्षम भएर होईन । चाहेमा नेपाल प्रहरीले कुनै पनि अपराध पत्तालगान सक्छ । त्यसबेलाका अनुसन्धान अधिकारीमा धेरै कोणबाट संका गर्न सकिने ठाउ छ ।

जती वाह्रवाही गरेपनि प्रहरीको थोरै कमजोरीले श्रेष्ठको हत्या भएको बुझिन्छ । अनुसन्धान र खानतलासीमा पुजाको घरमा पुगेको पुलिस किन फर्कियो ? भित्र सुतिरहेकी उनलाई गिरफ्तार गर्न नसक्नु ठुलो कमजोरी हो । गाउमा सामाजिक अभियान्ताले समेत अभियुक्तलाई उपस्थित गराउने क्षमता देखाउछन् । प्रहरीको घरभित्र पस्ने हैसियत राखेन भने त्यो जागीर छोडे हुन्छ । पुजाको घर खानतलासमा गएका प्रहरी अधिकारीलाई अरु सेवामा जानेगरी विदाई गरीदिनु उचित हुन्छ । जसका कारण प्रहरीलाई फेरी अर्को धोका नहोस् । बचाउन सकिने ज्यान गुमाउन नपरोस् । प्रहरीलाई असहयोग गर्ने, घर खानतलास गर्न नदिने र अभियुक्त भगाउनेलाई पनि अपराधको मतियार बनाउन सक्नुपर्छ । यो काम प्रहरीले यथासिघ्र गरोस् ।

प्रहरी प्रमुख भएर धिरजप्रताप सिंह आए देखिनै यहा“को सामाजिक वातावरणमा हलचल आएको छ । डन बनेर लठारीनेहरु धेरै तह लागी सकेका छन् । केहि घरमा पुनस्थापित भए छन् । धेरै युवाको मुख बाट सुनिन्छ । निकै कडा छन् । अझ केहिले ‘महा हराम एसपि’ भनेको सुनीन्छ । यस अघिका सबै कमजोर भन्न खोजेको होईन केहि फरक पाएका छन् । जसको प्रमाण गुन्डा गर्दिका घटनाहरु न्युन भएका छन् । यो जिल्लामा ठेकेदारका गुण्डाले समते पुलिसलाई तह लगाएका तथ्य छन् । टेन्डर खोल्ने कार्यालयमा तनाव हुन्थ्यो । प्रहरी हटाउने क्षमता राख्दैन्थ्यो । त्यस संगै वडा प्रहरीकार्यालमा आएका …..चन्द र सुर्य थापा यस क्षेत्रमा गतिलो प्रभाव छोडेर जाने प्रहरी अधिकारी भएका छन् । बसपार्कमा कार्यरत असई नवराज भण्डारीले स्थानिय संग निकै राम्रो सम्वन्ध बनाए । बसपार्क नमुना सफा बनाउन सरसफाइमा गरेको योगदानको सदा सर्बदा कदर गर्ने छन् । संगठनमा मात्रै होईन व्यक्तिमा भरपर्छ ।

कतिपय एसपि रह“दा लाजलाग्दो प्रशासन थियो । कति सम्म भने बाटोमा भेटिएका प्रहरीका तल्ला अधिकारी तथा जवानले कुरा लगाउथे । ‘खतम छ । यसो गर्छ उसो गर्छ’ भनेर हामि संग गुणासो पोख्थे । बाहिरकाले कमजोरी गरेपनि आफ्नै प्रहरीलाई कार्वाहि गर्ने गलत रबैया पनि केहि एसपिले चलाए । यसपटक कुनै पनि प्रहरीले सिंहको विरुद्ध कुरा लगाएको छैन । नाम नखुलाउने शर्तमा गुणासो पोख्न आएन । त्यस संगै कार्यक्रममा जाने, शान देखाउने, कतै भाषणै गरीहाल्ने, प्रमुख जिल्ला अधिकारीको पुच्छर समातीरहने जसता प्रबृत्ति यसपटक सिंहले देखाएनन् ।

समाज ठिक बनाउने पहिलो पाठशाला घर हो । जसका श्रीमान् श्रीमति रक्सी खाएर दिन रात लडाई गर्छन् त्यहाको बच्च लडाकु बन्छ । आमातिर लागेर बाबुको तह लागान सिक्छ । पढाई लेखाई छोेडेर लडाकु डन बन्छ । यस्तै घरमा हिंसा वा अन्य कृयाकलाप भईरहन्छन् । जसले लुटने, चोर्ने र चाडै कमाउने आशा गर्छ त्यसले पनि अपराध गर्छ । त्यस भन्दा बढि श्रोत नखुलेको सामान वा पैसा बाबु आमाले स्विकार्नु हो । बच्चाले त्यसरी ल्याएको कुरामा वास्ता नगर्नु अझ कमाएको भनेर गर्ब गर्नु नै बच्चालाई चोर बनाउनु हो । चोर प्रहरुका कारण होईन बाउ अमा र घरले बनाउछ । अपराधि पहिला घरले त्यसलाई मलजल समाजले गर्छ । सबै कुरा अरुलाई थुपारेर हामि चोखो बन्न सक्दैनौ । पहिलो कुरा हामि भित्रै प्रहरीलाई फेल बनाउने अपराधि छ । गल्ती स्विकार नगर्नु पहिलो अपराध हो । लुकेर, भागेर छक्काएर, दम्काएर, प्रलोभनमा पारेर अपराध छिपाउन खोज्नु अपराधि हो । सबै लागि मिली महशुस गराउ तर लुकाउन तिर नलागौ । जान्ने बुझ्ने, पढेलेखेका, नेता भलाद्मी बाटै अपराधी खोजौ । जसले समाजलाई बरवाद बनाएको छ र प्रहरीलाई असफल पारेको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*