यात्रु तानातान गर्ने समस्या अन्त्य गर्छु : मेयर पाण्डे

तुलसीपुर १ साउन । तुलसीपुर उपमहानगरपालिकाका नबनिर्बाचित मेयर घनश्याम पाण्डेले एक सय दिन भित्र यात्रुहरुका समस्या सामाधान गर्ने बताएका छन् । रिपार्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा पाण्डेले गाडिका कर्मचारीहरुले यात्रुहरुलाई तानातान गर्दा यात्रुहरु मारमा परेको उनले बताए ।‘ गाडिका कर्मचारीहरुले यात्रुलाई तानातान गर्छन्,’ उनले भने‘ जसले गर्दा यात्रुहरु प्रत्यक्ष मारमा परेका छन् ।’ अबको एक सय भित्र यो समस्यालाई अन्त्य गर्ने उनले बताए ।

received_755197851334811यात्रुहरुको यस्तो समस्या सामाधानका लागि यातायात व्यबसायीसंग पनि छलफल भईसकेको भन्दै अबको १५ दिन आन्तरीक व्यबस्थापन नगरे यात्रुहरुको सुरक्षाका लागि आफुले योजना बनाएर अघि बढ्ने बताए । उनले यहाँको बसपार्क व्यबस्थापन, अव्यबस्थित पार्किङ्गलाई पनि व्यबस्थित बनाएर लैजाने प्रतिबद्धता जनाए । १५ बर्ष देखी हुन नसकेको तुलसीपुरको बिकासको क्षतिपुर्ती गर्नेगरी काम गर्ने समेत बताए । तुलसीपुरको अञ्चल अस्पतालमा एक सय दिन भित्रै आईसियु, रक्त सञ्चार केन्द्र सञ्चालन गर्नुका साथै अस्पतलमा आबश्यक पुर्बाधार निर्माण गरी आबश्यक सेवा थप्ने समेत प्रतिबद्धता जनाए । लामो समय देखी अस्पताल मेसु बिहिन भएको भन्दै त्यसको समस्याका लागि लगतै प्रक्रिया थाल्ने उनको भनाई थियो । उनले तुलसीपुर हरियाली, सफा, सम्बृद्ध बनाउन यहाँका सरोकारवालासंग सहकार्य गरेर अघि बढ्ने बताए । तुलसीपुरलाई मातृशिसु मृत्यु दर शुन्यमा झार्ने लक्ष्य प्रस्तुत गरेका थिए । रिपार्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले तुलसीपुरका सञ्चार माध्याम, अञ्चल अस्पताललगायत बिभिन्न सार्बजनीक सेवाका क्षेत्रलाई नेपालकै नमुना बनाउन सम्बन्धि क्षेत्रका व्यक्तिहरुबाट सल्लाह, सुझाब लिने गरेको समेत उनले बताए । रिपार्टर्स क्लबले तुलसीपरका नबनिर्बाचित मेयर पाण्डे, उपमेयर माया आचार्य, वडाका अध्यक्ष, वडा सदस्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावत ,लगायतलाई सम्मान गरेको छ । त्यस अबशरमा उपमेयर माया आचार्यले तुलसीपुरको बिकासका लागि सबैको साझा बनेर काम गर्ने बताईन् । त्यस अबशरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले तुलसीपुरका सुरक्षित तरिकाले व्यबसाय गर्ने वातावरण तयार पार्ने बताए । उनले तुलसीपुरका व्यबसायको हक हितका लागि निरन्तर आवाज उठाउने बताए ।

क्लबका सल्लाहकार नारायणी रजौरेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बिशिष्ट अतिथि नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मी, पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिब बिमल गौतमले गरेका थिए ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*