शिक्षक संघ शान्तिनगरको अध्यक्ष पुन

तुलसीपुर, १ साउन । नेपाल शिक्षक संघ शान्तिनगरको अध्यक्षमा ठगप्रसाद पुन विजयी भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनबाट पुनले ८३ मत ल्याउनुभयो भने अर्का प्रतिष्पर्धी गोविन्द वलीले २१ मत ल्याएर पराजित भएका हुन् ।

feature0संघका लागि अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । संघको उपाध्यक्षमा शान्ता विसी र रत्न कडेल चयन भएका छन् ।

त्यसैगरी सचिवमा कुलबहादुर डाँगी, खुमानन्द पौडेल, सहसचिवमा चुरामणी केसी, कल्पना पुन, डिल्लीबहादुर वली, पुष्पा नेपाली, चन्द्रबहादुर चौधरी रहेका छन् । यस्तै उपचिवमा शान्ता बस्नेतलाई चयन गरिएको छ ।

संघको सदस्यहरुमा सरीता योगी, खिमबहादुर वली, रेशम खड्का, भिमबहादुर वली, रीता भट्टराई, नारायणप्रसाद बराल, सुरेशकुमार शर्मा, घनश्याम थापा, देवा गौतम, राधा ज्ञवाली, ईश्वरी डाँगी, प्रमोद आचार्य, विष्णुकुमार वली र ताराबहादुर केसीलाई चयन भएका छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*