दाङ तुलसीपुरमा फेरी अर्को हत्या

इन्द्रेणी संवाददाता
दाङ २८ असार । तुलसीपुर उपमहानगरपालिका ६ निबासी ११ बर्षीय सहाबुद्धिन अन्सारीको हत्या गरिएको हो । सलले घाँटी थिचेर अन्सारीको हत्या गरिउको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले बताए । बालकको घाँटीमा निलडाम देखेपछि प्रहरीले अनुसन्धान थाल्दा हत्या भएको रहस्य सार्वजनिक भएको प्रहरीले बताएको छ ।

अन्सारीकै पसलमा काम गर्ने भारत विहान घर भई वकिल अन्सारी र चाँद खान मिलेर मंगलवार दिउँसो २ बजेपितर हत्या गरेको खुल्न आएको डिएसपी तिम्सिनाले बताए । हत्या गरिएका अन्सारीका अभिभावको तुलसीपुर ६ घोराही रोडमा सिरक डसना पसल छ । हत्यामा सम्लग्न दुबैजना १६ वर्ष भन्दा कम उमेरका रहेको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हत्या गरिएका अन्सारीले आफ्नै पसलमा कामगर्ने एकजनालाई आफ्नो कम्प्यूटर नचलाउन आग्रह गर्दा विवाद सुरु भएको भन्ने खुल्न आएको जानकारी दिएको छ । मृतक अन्सारीले मेरो कम्प्यूटर नचलाउन आग्रह गरेपछि सामान्य विवाद भएको र त्यसपछि दुईजना मिलेर नजिकै रहेको सलले घाँटीमा बेरेर हत्या गरेको डिएसपी तिम्सिनाले बताए । एकजनाले सरले घाँटी बेरेको र अर्काेले त्यसमा सघाएको देखिएको डिएसपी तिम्सिनाले बताए । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*