नेपाल–बङ्गलादेश सांस्कृतिक आदानप्रदानमा जोड

काठमाडौँ, २०  असार । नेपाल र बङ्गलादेशबीचको मैत्री सम्बन्धलाई साहित्यका माध्यमबाट जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका साहित्यकारको सम्मानमा आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दुवै मुलुकबीच रहेका कला, संस्कृति तथा साहित्यलाई एकापसमा आदानप्रदान गरी जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

DSC_5564 (1)प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवै देशका महत्वपूर्ण कृतिलाई एकार्काका भाषामा अनुवादका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताउँदै छात्रवृत्ति आदानप्रदान र साहित्यिक गोष्ठी गर्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

प्रा डा अभि सुवेदीले बङ्गाली कविता अग्रस्थानमा रहेको बताउनुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बङ्गलादेश ११आँै शताब्दीमा तत्कालीन बङ्गाली धर्मगुरु अतिशा दीपङ्कर नेपाल आएर बौद्ध दर्शन तथा साहित्यलाई प्रचार गरेको बताउनुभयो ।

बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानले दुवै देश शान्ति तथा आर्थिक समुन्नतिका लागि क्रियाशील रहेको अवस्थामा आपसी सद्भाव तथा सहअस्तित्व अभिवृद्धि गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकाको निमन्त्रणामा खानको नेतृत्वमा नेपाल आएको चार सदस्यीय प्रतिनिधिमण्डलले यही असार १५ गतेदेखि २० गतेसम्म साहित्यिक भेटघाट र अन्तक्रिया गर्नुका साथै पोखरा, भक्तपुर, काठमाडौँका ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको अवलोकनसमेत गरेको थियो ।
सोमबार प्रतिष्ठानमा बसेको बैठकले नेपाली प्रतिनिधि कविता र कथा बङ्गालीमा र बङ्गाली कविता र कथा नेपालीमा अनुवाद गर्ने कार्यलाई पहिलो चरणमा अगाडि बढाउने सहमति गरेको छ ।

यसै गरी नेपाली तथा बङ्गाली संस्कृतिको अध्ययन–अनुसन्धान गरी ग्रन्थ तयार पार्ने सहमति भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो । प्रतिष्ठानले सोमबार नै पाहुनाहरूको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*