चुनावी उत्साह र नेताहरुको अलमल

govinda

गोविन्द खडका
मतदान गरीसकेपछि पनि हारजीतको अन्यौलता कायम रह्यो । अझ गजब कुरा त प्रतिस्पर्धि समेत ठम्याउन सकिएन । गोप्य मत दिने यो तरीकालार्ई संसदिय व्यवस्थाको सुन्दर पक्ष मान्नुपर्छ ।

त्यसो भन्दैमा छिटफुट घटना नभएका होईनन् । देशैभरी कहि न कहि हिंसात्मक घटना भएका छन् । सकारात्मक कामहरुको तुलनामा त्यो नगण्य हो । कसैले सकारात्मकलाई मात्रै देख्ने कसैले कमजोरी मात्रै टिप्दैजाने खतरा बाट जोगिने हो भने सबल पक्ष नै जब्बर देखिन्छ ।

सबै सबैको घरमा भोट माग्न गए । विपक्षी उम्मेद्धारको घरमा पुगेर आशिर्वाद ग्रहण गरे । भलै भोट हालेनन्होला तर सौहार्दताको उच्चतम नमुना हो । आफ्नो छोराको विरोधीलाई बाबु आमाले आशिर्वाद दिए । विपक्षीको घरमा त्यति मैत्री पुर्ण तरीकाले भोट मागेको दृश्य तिहारको भैलो जस्तै लाग्थ्यो । घर वार्ने, पानी वार्ने, चाडवाटको मासु वार्ने, पार्टिकै कारण कमारकाट गर्नेहरु यसरी मिल्नु शान्ती स्थापनाको नमुना हो । रुखमा भोट हालेर माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले गरेको लगानीको परिणाम हो । कतिले त्यसलाई अपराध सम्झिएका थिए ।

पुरानो चलन अनुसार चर्चामा आएका नेताहरुले जित्थे । कुनै पलटको जमिनदार र एक पटक नाम कमाएका नेता उस्तै उस्तै लाग्थे । नाम फैलियो भने त्यसकै पछि लाग्छन् भन्ने थियो । चुनावमा भाग लिदा सम्म उनैले जित्थे । त्यो महात्वाकांक्षा बोकेकाहरुलाई पनि ओठमुख सुक्ने गराए । नया व्यक्तिहरुको आकर्षणले उनिहरु हायल कायल परे । त्यस संगै जसले मत मागे पनि उसलाई हुन्छ भनेर मिठो संग विदा गर्ने मतदाताले धेरैलाई झुक्याए । पुरानाले पनि आफ्नो छबि जोगाई राख्न जोर जुलुम गर्नुपर्ने भर्यो ।

जनता चुनाव गर्न आतुर छन् । विहान सात बजे घोराही १८ को मसिना चुनाव केन्द्रमा भित्र अटाई नसक्नु मतदाता थिए । सिम सिम पानी परीरहेको थियो । महिला, बुढापाका लगाएत असक्तहरु पनि लाइनमा बसे । छिटै भोटदिने व्यवस्था भएपनि घोषित समय अगावै मत दिने व्यवस्थागर्न सकिदैन्थ्यो । पाच बजे देखिनै मतदाताहरु त्यसरी आतुर भएर पर्खिएका हुन् ।

मतदान अधिकृत विनोद दाहालका अनुसार पहिलो मत माओवादि केन्द्रका मेयरका उम्मेद्धार जीवन गौतमले खसाले । त्यसबेला सम्म प्रहरीले गेटमा हुल थाम्नै सकेको थिएन । लगतै जेष्ठ नागरीकलाई पालो दिएको थियो । भित्र फोटा खिच्न जाने बाटो समेत पाउन सकिन्नथ्यो । त्यो उपस्थिति चुनावी चहानेका लागि प्रसंसनिय थियो । मतदान चलिरहदा पानीले केहि भिजी सकेका थिए प्रवाह गरेनन् । हिलोको मतलव नगरी थचक्क भुईमा बसे त्यहि खुशी थिए ।

यता वालमन्दिर चुनाव केन्द्रमा भोट गर्न आउनेहरु अधिकांश चौधरी समुदायका जस्ता लाग्थे । उनिहरु यति व्यस्त थिए खेतमा डुवेका खुट्टा धुने सम्मको तिनलाइ फुर्सद नभएको देखिन्थ्यो । तर भोट हाल्न आए । उम्मेद्धारहरुले आउनेहरुलाई भोकै पठाएनन् । पानी र खानाको व्यवस्था थियो । होटलवालाले तरकारी सकियो पर्खिनुस भन्दा पनि मानेनन् । खेतको निकै चटारो थियो । तर पनि उनिहरु मेलो छोडेर भोट हाल्न आएका थिए । खानुभन्दा ठुलो भोट माने । भोट खसाल्ने वित्तीकै कोहि कसैले समय खेर फालेको त्यहा देखिन्नथ्यो ।

अझै रमाईलो थियो काठेकोहल मतदान केन्द्रमा । त्यहा महिलाको लर्को नजरमा अटाउदैन्थ्यो । घुम्तिको बाटो भएर पनि निकै लामो लर्को थियो । छाता ओढेर वा भिज्दै भएपनि लाईनमा पर्खिएका थिए । त्यहा महिलाहरु पुरुषको तुलनामा कैयौ बढि देखिन्थे । छिटो गरेर खानापकाउन जाने भनेर आएहोलान भन्ने अनुमान लगाउनेहरु पनि पाईयो । त्यसो मात्रै होईन उत्साह हो ।

यसरी चाप बढेको अबस्थालाई हेर्दा मात्रै मतदानका लागि आतुर देखिनु बाहिरी परिणाम थियो । भित्री कुरा चुनाव जनताले बुझेका थिए । केहिले अहिले सम्मको चुनाव बाट के पायौ अब के पाउछौ ? भनेर प्रश्न गरेको पाईन्छ । त्यसको जवाफ मतदाताहरु भन्छन आफ्नो नेता छानेका हौ । यस अघिका दुई वटा संविधान सभाको चुनावमा आफ्नो संविधान लेखे । त्यसलाई बुझ्नेहरुले अहिले प्रमुख पदमा एक जना महिला, महिला सदस्य र दलित सदस्य जस्ता पद सिर्जना हुनु उपलब्धी हो । राजाको चुनाव जस्तै संसदिय चुनाव भन्नु निकै भुल हो । बिरोध गर्नका लागि वा संविधान अध्ययन नगरेर हो उनैले जानुन् । अहिले भएको प्रतिनिधित्वलाई सम्मान गर्नेले संविधान सभाको परिणाम ठान्नुपर्छ । महान जनयुद्धको उपलब्धी भुल्नुहुन्न । त्यसलाई बुझेर आफ्नो छिमेकी, आफन्त, जात भेग सबै खोजेर जिताउन आए ।

यसैगरी यो चुनावमा मेरो पार्टी भन्ने शब्द न्युन सुनियो । आफ्नो पहुच भएको व्यक्तिलाई जिताउनेतिर लागे । घोराही बजार क्षेत्रकै कुरा गर्दा शक्तिराम डागि निकै चर्चामा देखिएका थिए । उनलाई घोराही १४ का विपक्षिहरुले घरमै बोलाएर भोट दिने वाचा गरे । यद्यपी परिणामले पुष्टि गर्न मतगणना जारी छ । उनले चुनाव प्रचार गर्न त्यहा पुग्दा समस्या सुन्थे । अनि जवाफ दिन्थे । यो समस्या म अहिल्यै पनि हल गर्न सक्छु । तर भोट माग्नलाई गरेको भन्नुहोला । पर्खिनुस् चुनाव सकिन दिनुस् । हारेपनि यो समस्या हल गर्छु । तपाईले मत दिनुभयो भने जित्छु ।

घर चिन्ने, टोल चिन्ने, समस्या बुझ्ने र समाधानको उपाए तत्कालै निकाल्ने हैसियत राखेकाले चर्चा पाएका छन् । गाठो फुकाउन समाज संग काम गरेकोलाई आउछ । अन्तरविरोध थाह हुन्छ । त्यहि समाज बाट हल निश्कन्छ । यसपटकको चुनावमा पुराना चर्चित पात्रका आधारमा मत गएन । नया तर पहुचका आधारमा खनियो । चुनावमा सकृय हुने अरुबेला हराउनेले मत पाएनन् । चोर्ने परिक्षर्थीको जस्तो रक्सी, मासु, पैसा सबै प्रयोग गरेर जित्ने आकांक्षा राख्नेले अहिले अपमान पाए । काम गर्ने व्यक्तिहरुले गणितिय के हुन्छ ? लोकप्रियता बटुले ।

यसपटक नपत्याउदो गरी माओवादि केन्द्र उदाएको छ । केहिको आरोप छ केन्द्रीय नेता र मन्त्रिहरु आएर प्रभावित भयो । सबैले बुझ्ने कुरा के हो भने यहाका नेताले केन्द्रको विचार बुझाउन सकेनन् अथवा विश्वास गरेनन् । केन्द्र बाट आउनेले माओवादि जनयुद्धको उपलब्धी जनतामा प्रशारीत गरे । त्यसमा चित्त बुझाएको बौद्धिक बर्ग ह्रवात्तै माओवादि प्रति आकर्षित भयो । पच्छिल्लो माहौल माओवादिमा ढल्कीयो । अब बुझ्नुपर्छ माओवादिका निति कार्यक्रम र उपलब्धी अझै बुझाउन बाकि छ । नया नेपालको जग बसालेको माकओवादि जनयुद्धले हो ।

यो कुरा माकओवादिले बुझेका छैनन् । उनिहरुको ध्याउन्न टुटफुट र अर्को पार्टिमा प्रबेश गर्नेतिर छ । दोश्रो संविधान सभा विथोल्न सिलीण्डर बम विष्फोट गराउनेहरु यसपटक भोट मागे । तिनले बल्ला बुझेका छन् । केहि समुह अहिले पनि सुतली बम हाल्दै भाग्दै गरेको पाईन्छ । उनिहरुलाइ यो परिवर्तन बुझ्न कति समय लाग्ने हो । उनिहरुले चाडै बुझे भने केहि बर्ष भित्रै माओवादि यो दशको शक्तिशाली पार्टि बन्ने निश्चत देखिएको छ । ऐजेण्डा सबै माओवादिका कोटा माओवादिको हार्ने किन ? त्यो आफुले ल्याएको उपलब्धी बुझ्न नसकेर ।

एउटा पक्ष चुनाव खारेजीको अभियानमा जोडतोडले लाग्यो । विप्लप नेतृत्वको त्यो नेकपाले बहिष्कार शब्द भने कहि कतै प्रयोग गरेको छैन । उसले चाहान्थ्यो यो दालाल संसदिय व्यवस्था ध्वस्त पार्न पर्छ । उनिहरुको सोचाईमा लाग्न सक्छ । त्यो एक थरीको सोचाई हो । राजतन्त्र जस्तै ध्वस्त पार्छु भन्ने लागेको होला । उनिहरुले बुझ्नुपर्छ ध्वस्त पार्ने जति दश बर्षमा गरीयो । अव निर्माणकोक चरण हो । जनताको चाहने मिलेर निर्माण गर्नेतिर छ । उनिहरुलाई सम्मान गर्नुपर्छ । अब तर्साउने, धम्काउने, हप्काउने वा अन्य कुनै पनि उपाएले आतंकित बनाएर सम्भव छैन ।
अघिल्लो दोश्रो संविधान सभाको चुनावमा बम देखेर मान्छे भागेनन् । त्यसको अर्थ नेकपा क्रान्तिकारी माओवादिका महोन बैद्यले राम्रो संग बुझे । त्यो भन्दा अझ अघि रामबहादुर थापा, (बादल) ले बुझे । अहिलेको चुनावी माहौलले जुटको औचित्य पुष्टि भएको छ । एकता पछिको चुनावी परिणाम आश्चर्य जनक छ । सबै माओवादि एक भएर जनताको मत जिती समाजवाद हुदै साम्यावाद पुग्ने योजना बनाउनु पर्छ । स्थानिय निकाए बाट स्थानिय तहमा विकास भएको छ । त्यसको अर्थ स्थानिय संरचनाहरु स्वायत्त भएका छन् । आफै निति कार्यक्रम बनाउने हो । कानुन बनाउने हो । त्यसो भए अर्को क्रान्ति वा युद्धको खाचो छैन । नेतकाहरु यहि अलमल बाट मुक्त हुनुपर्छ । अहिलेको उपलब्धी टुक्रिएका सबै माओवादिको उत्तीकै हो । समग्रमा नेपाली जनताले दश बर्षे जनयुद्धमा बगाएको रगतको उपलब्धी हो ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*