हाम्रो पर्यटन र जैविक विविधता

kb masal

के.बि.मसाल
मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मन पर्दछ । भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । नेपालमा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन । नेपालमा यी जैविक र भौगोलिक विविधता नभएको भए यहाँ वाह्य पर्यटकहरु आँउदैन थिए होला ?

maltitude-of-adventuresपर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थानबाट अर्को स्थानहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पृर्थीको जैविक विविधताको समेत अध्ययन हुन्छ । यो बाहेक भ्रमणबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन भ्रमण एवं अनुसन्धान गर्न सकिन्छ । विभिन्न उद्देश्य लिएर भ्रमणमा आउने मानिसलाई पर्यटक भनिन्छ ।

नेपालमा पर्यटकहरु के का लागी भ्रमणमा आउछन त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार नेपाल आएका पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने गर्दछन । यसबाट के थाहा हुन्छ भने जुनसुकै भुगोलमा रहने मानिस भएपनि भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ । प्रकृतिमा हिमाल,ढुङ्गामाटो, पानी, वनजगंल, वन्यजन्तु, कुहिरो, हिउँ, तुसारो आदि कुरा पर्दछन् । यिनैबाट प्रकृतिलाई सौन्दर्य दिएको हुन्छ । नेपालमा जुनसुकै भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । प्राकृतिक स्वरुपले सबै भूगोललाई मिलाएको छ । यीनै कारणले नेपाल जैविक विविधताको पर्यटकको गन्तव्य भएको छ ।

the-elvation-changeप्रकृति हेर्न पर्यटकहरु नेपाल आउँछन् । नेपालमा जैविक विविधताले प्रकृतिलाई सिंगांरेको छ । मानौ एउटा नाङ्गो डाँडो र हराभरा भएको डाँडो कुन चाहिँ आकर्षक होला ? हराभरा डाँडो आकर्षक हुनुमा के कारण छ भन्दा जैविक विविधता र रुख बिरुवा छन । तिनीहरुमा फूल र फल लागेको होला, सुगन्ध फैलिएको होला । बोटबिरुवा भएपछि चराचुरुङ्गी र अन्य जनावरहरु आउँछन, बस्छन् नाच्छन् गाउँछन्, आकर्षक नहुने कुरै भएन । नेपालका जे जति पर्यटकीय गन्तव्यहरु छन् तिनीहरु सबै जैविक विविधतासँगै गाँसएका छन् । उनीहरुको चिनारी जैविक विविधताले कायम गरिदिएको छ ।

नेपालमा भूवनोट हावापानी र जीवजन्तुको विविधता छ । यी कुराको संयोजनले पर्यटन क्षेत्रमा विकास भएको छ । नेपालका उच्चपहाडी भेगमा पाइने जनावर र वनस्पति पहाड र तराईका भन्दा फरक छ । जस्तै हिमालमा डाँफे चरा पाइन्छ भने तराईमा गरुड वा हाँडीफोर र मयुर पाइन्छ । डाँफे चरा हेर्न चाहनेले हिमाली क्षेत्रमा जानुप¥यो भने हाँडीफोर र मयुर हेर्न तराई झर्नु प¥यो । यस आधारमा जैविक विविधताले पर्यटकीय गन्तव्य भएको छ । नेपाल आउने पर्यटकहरुको अर्को उद्देश्य पदयात्रा हुन्छ । पदयात्राका लागि नेपाल उपयुक्त स्थान हो । किनभने यहाँ सजिला अप्ठ्यारा जस्तो पनि हिमाली र पहाडी भूगोल छ । अहिले जुन ठाउँमा बढी पर्यटक पुग्ने गरेका छन् ती जैविक विविधताका संरक्षित क्षेत्रहरु हुन् । समग्रमा पर्यटन क्षेत्रमा जैविक विविधता गन्तब्य बन्दै गएको छ ।

the-high-peaksनेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी (सिमसार क्षेत्र) भेटिएका छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारौको सख्यामा रहेको छ । जैविक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन । सबैभन्दा बढी तालतलैया हुने जिल्लामा हुम्ला, ताप्लेजुङ, कपिलवस्तु, सोलुखुम्बु, रुपन्देही, बाँके, धनुषा र डोल्पा रहेका छन् । ती आठ जिल्लाका अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल मध्य सिमसारक्षेत्र जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । तालतलैया बढी हुनु जैविक विविधताको लागी धनी छ भन्नु हो । वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी लगायतको प्रणाली इकोसिस्टमलाई पानीले प्रभाव पारिरहेको हुन्छ । यीनै जैविक विविधतामा पर्यटकहरु रमाउने गर्दछन ।
कतिपय पर्यटकहरु हिमाल र हिमाली ताल हेर्नमा रमाउछन । नेपालका तालतलैयालाई एसियाको वाटर टावर पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । यीनै तालतलैया र जैविक विविधतामा रमाउने वाह्य पर्यटक नेपालमा आउछन । अधिकांश जीवजन्तुका साथै चराचुरुङ्गीले वन र पानी, घाँसे मैदान र पानी अर्थात सिमसार क्षेत्रवरपर विचरण गर्ने, त्यहाँ बच्चा कोरल्ने, गर्भधान गर्ने, बासस्थान बनाउने गर्दछन । यीनै जैविक विविधताले पर्यटकहरु रमाउने गर्दछन ।

नेपालमा सन् १९५३ मा तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालको पर्यटन क्षेत्रले चर्चा पाउन थालेको हो । त्यसपछि विश्वका पर्यटकको ध्यान नेपालका हिमालले खिच्यो । पर्यटन विकासको क्रममा नेपालमा सन् १९७६ मा पर्यटन मन्त्रालयको स्थापना भयो र वन्यजन्तु संरक्षण क्षेत्रहरुको घोषणा भयो । त्यस पछि जैविक विविधताका आधारमा नयाँ पर्यटकीय स्थलहरु पहिचान गरी प्रचारप्रसार समेत भएको छ । नेपाल भित्रिने कुल वाह्य पर्यटकहरु मध्ये कम्तीमा ६० प्रतिशत पर्यटक संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न आउछन । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने हरेक वर्ष वाह्य पर्यटकहरु को सख्या बढन थालेको छ । विश्वसम्पदा सूचीमा चितवन, सगरमाथा जस्ता संरक्षित क्षेत्र पर्न सफल भएको छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य भनेर चितवन, सगरमाथा, बर्दिया, शुक्लाफाँटा लगायतका क्षेत्र सूचीकृत भएका छन् । यी क्षेत्र जैविक विविधताका धनी क्षेत्र मानिन्छन् ।

begnas-lake-in-pokharaविदेशी पर्यटकले हेर्ने, घुम्ने स्थानमा मुख्य रोजाइ संरक्षित क्षेत्र नै भएका छन् । चितवन, शिवपुरी, बर्दिया, सगरमाथा, शुक्लाफाँटा, रारा, खप्तड, कोसी टप्पु, लामटाङ, अन्नपूर्ण, ढोरपाटनदेखि लिएर पर्यटकहरुले मन पराएका गन्तव्य जैविक विविधता भएका क्षेत्र बढी छन् । अहिलेको अवस्था हेर्दा पनि भूकम्पपछि हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहर भत्किए, तिनको समयमा पुनःनिर्माण हुन नसकेपछि नेपालमा आउने पर्यटकहरु जैविक विविधताले संरक्षित क्षेत्र घुमेर फर्किने गरेका छन् । किन भने संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु, वन, वनस्पति अझै नेपालमा सुरक्षित छन् । जसले गर्दा नेपालको पर्यटन विकासमात्र होइन, समग्र आर्थिक विकासमा समेत जैविक विविधताको ठूलो योगदान रहेको छ ।

राणा कालिन समयमा नेपालमा राजकीय भ्रमण बाहेक कुनै पनि विदेशीहरुलाई नेपाल भ्रमणको अनुमति थिएन । पछि रुसी पर्यटक बोरिस सिसानेबिचले थोमस कुक एण्ड सनमार्फत नेपालमा विदेशी पर्यटकहरु ल्याउन अनुमति पाए । बोरिसलाई दिइएको यो अनुमतिले नेपालमा वाह्य पर्यटक नेपाल भित्रिन शुरु भएको हो । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरे । लगत्तै सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथाको चुचुरो पुग्न सफल भए । संसारमा १४ ओटा ८ हजार मिटर भन्दा माथि उचाईका हिमालहरु छन । त्यसमध्ये ८ ओटा हिमाल नेपालमा छन् भन्ने कुरा पत्ता लागेपछि नेपाल पर्वतारोहणको प्रमुख गन्तव्य बन्न थाल्यो । हिमाल आरोहणका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य हो । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । यी बाहेक अरु थुप्रै हिमाल आरोहणका लागि उत्कृष्ट मानिन्छन् ।

नेपालका पदमार्गहरु पर्यटकहरुलाई हिमाल हेर्ने मात्र नभएर सांस्कृतिक, जैविक, खानेकुरा र प्रकृतिका विविधता हेर्ने र जान्ने अवसर पनि हुन्छ । छोटो पदमार्गको दूरीमा धेरै अनुभव पाइने पदमार्ग नेपालमा मात्रै छ । अझ यहाँका प्राय पहाडी पदमार्गमा संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज पर्छन । जहाँ विश्वकै दुर्लभ जनावर र वनस्पति पाइन्छन् । नेपालको हिमाली पर्यटन विश्वभर चर्चित छ । बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गराउन सुरु गरे । जसले गर्दा नेपालमा टे«किङ, हन्टिङ र सफारी पर्यटन सुरुआत भयो । पछिल्लो समय त्रिशूली नदीमा ¥याफ्टिङ सुरु भयो । पर्यटकहरुका लागी अहिले नेपालमा ¥याफ्टिङ निकै लोकप्रिय बनेको छ ।

पृर्थीमा तापक्रम बढदै गएपछि जलवायु परिवर्तनमा नकारात्मक प्रभाव देखापर्न थालेको छ । नकारात्मक प्रभावमा प्रारम्भिक संकेतका रुपमा खाद्यान्न उत्पादनमा कमी र हिमालहरुमा हिउँ पग्लने क्रम सुरु भएको छ । केहि बर्ष यता आएर पर्याप्त वर्षा नहुने र मनसुन सकिएपछि घनघोर पानी पर्ने गरेको छ । यसले गर्दा नेपालको कृषि प्र्रणालीनै बदलिएको छ । हिमाली भेगमा हिमपात हुने समय बदलिएको छ । हिमतालहरु नासिदै जानेक्रम छ । यी कारणले गर्दा जैविक विविधतासंगै मानव सभ्यतामा नै परिवर्तन हुन थालेको छ । नेपालको जैविक र भौगोलिक विविधता हाम्रो राष्ट्रिय सम्पत्ति र सम्पदा हो । तर यतिबेला हाम्रा यिनै सम्पदाहरु नासिएर जाने क्रम हुन थाले पछि हाम्रो जैविक विविधता हेर्न आउने वाह्य पर्यटनहरुको अवस्था के होला ? त्यसैले अब यी जैविक विविधताको सम्पदालाई संरक्षण गर्ने तर्फ लाग्नु पर्दछ ।

जलवायु परिवर्तनले के कस्तो परिवर्तन ल्याउने हो ? अहिले जेजस्ता संकेतहरु देखिएका छन् यो त सुरुवात मात्र हो । त्यो परिवर्तन अकल्पनीय छ विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार अहिलेकै अनुपातमा तापक्रम वृद्धि हुने र वातावरण शुद्धतातर्फ ध्यान नदिने हो भने ५ दशकको हाराहारीपछि नेपालमा अहिलेको अवस्थामा हिमाल रहने छैन । सबै हिमालका हिउँ पग्लिने छन् । अर्को तर्फ नेपालका सिमसार पनि सकंटग्रस्त बन्दै गएका छन । सिमसारलाई संरक्षण नगर्ने हो भने जैविक विविधतामा ठूलो समस्या आउने संकेत देखिन थालेको छ । अब जैविक विविधता वाह्य पर्यटकहरुलाई देखाउन सिमसार क्षेत्रहरुको संरक्षणमा जुटनुपर्ने आवश्यकता देखिएको छ । सिमसार लाखौँ, घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी कीरा र बोटविरुवाका लागि महत्वपूर्ण वासस्थान हो । जसले मानिसका लागि जीवनयापनको आधारसमेत प्रदान गरेको हुन्छ । वातावरणीय सन्तुलनका लागि मुख्य भूमिका निर्वाह गरिहेको सिमसार क्षेत्र संरक्षण गर्न सकियो भने सम्पूर्ण प्राणी एवम् वनस्पति जगतको अस्तित्व जोगाउन सकिन्छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*