Monthly Archives: May 2017

अरुले पिठो बेचे, हामीले चामल त बेचौं, ‘प्रचण्ड’

Puspakamal-Dahal-

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको बताउएका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसकिएको बताएका हुन् । बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भने, ‘माओवादी नेतृत्वको सरकारले दुरगामी ...

Read More »

कक्षा ११ को परीक्षा असार १ गते

काठमाडौं, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। बुधबार बसेको परीक्षा बोर्ड बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय लिएको हो। यसअघि वैशाख २३ मा तोकिएको परीक्षा वैशाख ...

Read More »

भरतपुर मतगणना प्रकरण : यस्तो बुझायो छानविन समितिले आयोगलाई प्रतिवेदन

Untitled-1 copy

चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले बुधवार निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमवार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य ...

Read More »

दाङका दश स्थानीय तहमा ४ अर्ब बजेट

ind image

इन्द्रेणी संवाददाता दाङ, १७ जेठ । सरकारले दाङका दश वटा स्थानीय तहका लागि आगामी आर्थिक वर्षका चार अर्ब सात करोड १७ लाख ३८ हजार बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाका लागि यो विनियोजन गरेको हो । जसअनुसार घोराही उपमहानगरपालिकाका लागि ९३ करोड ६७ लाख ५४ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७९ करोड ...

Read More »

काबुलमा शक्तिशाली वम विष्फोट, कम्तिमा ८० जनाको मृत्यु

Kabul Blast

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलस्थित भारतीय दूतावास नजिकै बुधबार बिहान भएको शक्तिशाली वम विस्फोटनमा कम्तिमा पनि ८० जना मारिएका छन् । यो घटनामा कम्तिमा ३५० जना घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । समाचार एजेन्सीले अफगान स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै दिएको समाचार अनुसार अहिलेसम्म ६५ जनाको शव बरामद भइसकेको छ । यो विस्फोट ...

Read More »

एमालेले फेरि अवरोध गर्यो संसद

afgaga

काठमाडौं, १७ जेठ । नेकपा एमालेले आजको संसद् बैठकमा अवरोध गरेको छ । चितवनको भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै बैठकमा एमालेले अबरोध पुर्याएको हो । भरतपुर वडा नं १९ को पुनः मतदान गर्न नहुने र पुनः मतदान नगरि तत्काल मतगणना गर्नुपर्ने एमालेको माग छ ।

Read More »

भाडाको घरमा स्थानीय सरकार

jajarkot-khalanga

जाजरकोट, १७ जेठ । यहाँका सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका सातओटा स्थानीय तहमा भवन नहुँदा जनप्रतिनिधि भाडाको घरमा बस्न थालेका छन् । कतै भने जनप्रतिनिधि बस्न र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्या भएको छ ...

Read More »

सहमतिय सरकार बनाउन शितल निवासमा बैठक शुरु

afaf

काठमाडौं, १७ जेठ । सहमतियको सरकार गठनका लागि दलहरु को सर्वदलिय बैठक शितल निवासमा शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा सकिनै लाग्दा सर्वदलिय बैक बसेको हो । समय आज राति १२ बजे सकिदैछ । शीतलनिवास जारी सर्वदलिय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेता कमल थापा, राजपाका शीर्ष ...

Read More »

टिकुली गैरामा स्कुल वस दुर्घटना, १५ जना घाइते

feature0

दाङ, १७ जेठ । हेकुलीको टिकुली गैरामा स्कूल वस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । टिकुली गैरादेखि विद्यार्थी लिएर लोकपृय वोर्डिङ स्कूलमा आउदै गरेको ना २ ख ९६४० नम्वरको वस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेका छ । दुर्घटना विहान सवा ...

Read More »

फेरि सर्यो चुनाव : दोस्रो चरणको निर्वाचन असार १४ गते

Local_election

काठमाडौँ, १७ जेठ । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ ...

Read More »