pul

महाकाली नदीमा साढे ४ अर्वको पुल उद्घाटन

भीमदत्तनगर, १७ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय मङ्गलबार उद्घाटन गरेका छन् ।

pulकञ्चनपुरको भीमदत्तनगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बने प्रदेश नं ७ सँगै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताए । “पुल बने सुदूरपश्चिमको विकासमा क्रान्ति आउँछ भन्ने हाम्रो पुरानो सपना आज यथार्थमा रुपान्तरण हँुदैछ ।” मन्त्री लेखकले भने–“पुलसँगै पुल छेउछाउको बाढीको समस्या समाधानका साथै चार लेनकै करीब सात किलोमिटर सडक समेत निर्माण हुनेछ ।”

यहाँको भीमदत्तनगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल भारतीय ‘एक्जिट’ बैङ्कको रू। साढे चार अर्बको सहुलियत ऋण लगानीमा निर्माण हुन लागेको हो । “पुल बनाउन सबै राजनीतिक दललगायत नागरिक समाजले सहयोग गर्नुपर्छ ।” उनले भने–“विकासका एजेण्डामा साझा भएर लाग्नुपर्छ, राजनीति गर्नुहुँदैन ।”
महाकालीमा अवस्थित शारदा ब्यारेजभन्दा ५ दशमलव ६ किमी दक्षिण र दोधारा चादँनी झोलुङ्गे पुलभन्दा २ दशमलव ६ किमी उत्तरतर्फको भूभागमा पुल निर्माण हुने छ ।

महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले सडक विभागको सडक सुधार आयोजनाअन्तर्गत महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुन लागेको जानकारी दिए । उनले पुलको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम भइरहेको बताए । “पुल निर्माणको ठेक्का प्रक्रियाको कागजी काम अन्तिम चरणमा छ”, उनले भने, “केही समयभित्र निर्माणको काम शुरू हुन्छ ।” रासस

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*