Monthly Archives: January 2017

टर्किस एयरको विमान दुर्घटना, १६ जनाको ज्यान गयो

turkish-airlines

एजेन्सी, ३ माघ । किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको समाचार संस्था रोटर्सले जनाएको छ । दुर्घटनाग्रस्त विमानबाट एक पाइलट र १५ जना यात्रुको शव निकालिएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्गो विमान भएपनि विमानस्थल नजिकै घर रहेकाहरु विमानमा यात्रा गरेका थिए ।

Read More »

जाजरकोटलाई लागुऔषधको ‘ट्राञ्जिट प्वाइट’ बनाउदै तस्करहरु

ind photo

जाजरकोट, ३ माघ । केही समय पहिले वाँके नौवस्ता ८ वोरिङका तुलसा शाहीवाट जिल्लाको सीमा १ छेडाबाट सात किलो चरेससहित प्रहरी फन्दामा परे । जाजरकोटबाट बाहिरी जिल्लामा चरेस लैजाने क्रममा सीमा प्रहरी चौकीले खानतलासी गर्दा शाही प्रहरीको फन्दामा परे । त्यस्तै भेरी मालिका नगरपालिका १ कालेगाँउ स्थित भेरी पुलवाट चरेस वोकेर रुकुमतिर जादैगरेकी खगेनकोट १ दल्लीकी डम्मरी शाही पनि साढे ...

Read More »

फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा चालककै कम्जोरी

Fishtail-Air-Crash-3

काठमाडौँ, ३ माघ । मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको 9N-ALA, AS 350 हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना सिचुवेसनल अवेरनेस गुमाएकाले दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । दुर्घटनामा परी चालकसहित छ जनाको मृत्यु ...

Read More »

उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि………

aeroplane

कुवेत, ३ माघ । ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ । उडान नम्बर ईडब्ल्यू ११७ बाट ओमानको सालल्लाह विमानस्थलबाट जर्मनीको कोलोन महानगर गन्तव्यतर्फ प्रस्थान गरिसकेको युरोविङ्ग्स एयरलाइन्सको एयरबस ए३३०–२०३ मोडेलको सो बिमान उडेको केही बेरमै विमानमा बम राखेकोले पड्किई ध्वस्त हुने हल्ला चलेपछि विमानमा कुवेत ...

Read More »

राष्ट्रपतिका लागि भूकम्प र बमप्रतिरोधी भवन तयार

president-house-640x480

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो । ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन ...

Read More »

रेडपाण्डा र ओतको छालासहित तीनजना पक्राउ

download (2)

काठमाडौं, २ माघ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वरबाट रेडपाण्डाको छालासहित दुई जना र काठमाडौंको नरेफाँटबाट ओतको छालासहित एक जना गरी तीन जनालाई सिआइबीले पक्राउ गरेको हो । रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा ओखलढुंगाका प्रितम तामाङ र सिन्धुलीका सम्भव वाईबा रहेको सिआइबीले जनाएको छ । उनीहरुको साथबाट रेडपाण्डाको २ वटा छाला ...

Read More »

राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइयो

download (1)

घोराही, २ माघ । दाङसहित विभिन्न देशभर आज १९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । यसैक्रममा दाङको घोराहीमा पनि रयाली तथा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट शुरु भएको सचेतना र्‍याली घोराही नगरपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले भुकम्पबाट हुने क्षति ...

Read More »

अरुणखोला जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Accident-sign-610x259-750

नवलपरासी, २ माघ । पूर्व -पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँ बेलहानी–८ अरुणखोला जंगलमा ट्रयाक्टर पल्टदा दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३ त २६९९ नम्बरकोे ट्रयाक्टर पल्टदा नवलपरासीको दुम्किबास–५ का २६ वर्षे चेतबहादुर रेस्मी मगर र दुम्किबास–१ का २७ वर्षे शम्भु गुरुङ्गको ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More »

इलाका प्रहरी कार्यालय गढवाको नवनिर्मित भवन उद्घाटन

sagar

सागर थापा दाङ, २ माघ । इलाका प्रहरी कार्यालय गढवाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । नेपाल प्रहरीका एआइजी विश्वराज सिंह शाहीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै गढवासहति दाङको समग्र सुरक्षा व्यवस्थामा एआइजी शाहीले चासो देखाएका थिए । उनले तत्काल राप्ती पुलमा प्रहरी विटको स्थापना गर्ने र सुरक्षालाई चुस्तदुरुस्त बनाउनका लागि इप्रका गढवालाई ...

Read More »

प्रधानमन्त्रीद्धारा आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया

DSC8467-848x478

आवुधावी, २ माघ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुग्नुभएका प्रधानमन्त्रीले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् । नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो ...

Read More »