Monthly Archives: January 2017

प्रविधिमा भारत परनिर्भरता तोडिदै: ‘एक महिनाभित्रै नेपालमा चिनियाँ इन्टरनेट’

indrenionline

काठमाडौं, २९ पुस । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ। यसैक्रममा नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। अप्टिकल फाइबरको व्यावसायिक ...

Read More »

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक

afafafs

काठमाडौं, २९ पुस । यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहिबारदेखि हुने भएको छ । गएका वर्षहरुमा प्रवेशिका परीक्षा एसएलसी हुने गरेकोमा यसवर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएलसी परीक्षा नहुने भएको हो । अब १२ कक्षाको परीक्षा अन्तिम परीक्षाका रुपमा सञ्चालन हुनेछ । यस्तै राष्ट्रिय ...

Read More »

व्यवसायको आधुनिकीकरण नै आत्मनिर्भर अर्थतन्त्रको आधार, ‘प्रधानमन्त्री’

DSC8086-848x478

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुन सक्ने बताएका छन् । पोल्टी व्यवसायीहरुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ । व्यवसायको ...

Read More »

नक्कली जग्गाधनी बनेर दुई करोड ठगी गर्ने गिरोह प्रहरी फन्दामा

ind online

चितवन, २९ पुस । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो । चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार ...

Read More »

जिप दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Accident-sign-610x259-750

नवलपरासी, २९ पुस । पूर्व–पश्चिम राजमार्गस्थित नवलपरासीको चोरमारामा आज बिहान बोलेरो जीप दुर्घटना हसँदा एक जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको यूपी ३१ टी ८१२८ भारतीय नम्बरको बोलेरो जीप सडक छेउको रुखमा ठोक्किएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परि भारतीय नागरिकको मृत्यु भएको प्रहरी चौकी तम्सरियाले जनाएको छ । भारत उत्तर प्रदेशको नामपार जिल्लाका अन्दाजी ५० वर्षका ...

Read More »

बालुवाटारमा प्रधानमन्त्री र मधेसीबीच छलफल

pm-with-morcha-750-1

काठमाडौं, २९ पुस । सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग छलफल थालेका छन् । विपक्षीहरुको विरोधका बाबजुद पनि संशोधन विधेयक संसदमा पेश गरिएपछि निर्वाचनमा जानेबारेमा छलफल गर्न प्रचण्डले मोर्चाका नेताहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार विहान ९ बजेपछि भएको बैठकमा संविधान संशोधन विधेयक र ...

Read More »

उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस (नामावली सहित)

adaalat_chzdxvGXBD

काठमाडौं, २९ पुस । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले जानकारी दिए । सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी ९कानुन, न्याय, सरकारी वकिल०का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना ...

Read More »

कांग्रेसद्धारा माघिको शुभकामना

घोराही, २९ पुस । विशेषत थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वको अवसरमा नेपाली कांग्रेस दाङले सवैमा शुभकामना दिएको छ । नेपाली कांग्रेस दाङका सभापति कृति वहादुर खड्का र सचिव शंकर प्रसाद डांगीले शुभकामना सन्देश जारि गर्दै थारु समुदाय लगायत सवैमा माघि पर्वको शुभकामना दिनुभएको हो । शुभकामना वक्तव्यमा सांस्कृतिक महत्व वोकेको माघि पर्वले सवैमा सुख शान्ति अनि समृद्धितर्फ ...

Read More »

निर्माण कम्पनीको लापारबाही, तीन वर्षदेखि पुल निर्माण अलपत्र

IMG_47951

जाजरकोट, २९ पुस । भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेकोे छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तरगत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो । हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन । पुलको पिल्लर आधा मात्र उठाएर काम रोकिएकै दुई वर्ष भएको छ । ...

Read More »

रक्षाचौर आँखा अस्पतालमा अत्याधुकिन मेसिन जडान

eyeew

तुलसीपुर, २९ पुस । तुलसीपुर रक्षाचौरस्थित आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको छ । अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिन जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए । अस्पतालले अत्याधुनिक प्रविधि (फेको) बाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँच, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन ...

Read More »