Monthly Archives: January 2017

रेडपाण्डा र ओतको छालासहित तीनजना पक्राउ

download (2)

काठमाडौं, २ माघ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वरबाट रेडपाण्डाको छालासहित दुई जना र काठमाडौंको नरेफाँटबाट ओतको छालासहित एक जना गरी तीन जनालाई सिआइबीले पक्राउ गरेको हो । रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा ओखलढुंगाका प्रितम तामाङ र सिन्धुलीका सम्भव वाईबा रहेको सिआइबीले जनाएको छ । उनीहरुको साथबाट रेडपाण्डाको २ वटा छाला ...

Read More »

राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइयो

download (1)

घोराही, २ माघ । दाङसहित विभिन्न देशभर आज १९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । यसैक्रममा दाङको घोराहीमा पनि रयाली तथा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट शुरु भएको सचेतना र्‍याली घोराही नगरपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले भुकम्पबाट हुने क्षति ...

Read More »

अरुणखोला जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Accident-sign-610x259-750

नवलपरासी, २ माघ । पूर्व -पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँ बेलहानी–८ अरुणखोला जंगलमा ट्रयाक्टर पल्टदा दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३ त २६९९ नम्बरकोे ट्रयाक्टर पल्टदा नवलपरासीको दुम्किबास–५ का २६ वर्षे चेतबहादुर रेस्मी मगर र दुम्किबास–१ का २७ वर्षे शम्भु गुरुङ्गको ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More »

इलाका प्रहरी कार्यालय गढवाको नवनिर्मित भवन उद्घाटन

sagar

सागर थापा दाङ, २ माघ । इलाका प्रहरी कार्यालय गढवाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । नेपाल प्रहरीका एआइजी विश्वराज सिंह शाहीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै गढवासहति दाङको समग्र सुरक्षा व्यवस्थामा एआइजी शाहीले चासो देखाएका थिए । उनले तत्काल राप्ती पुलमा प्रहरी विटको स्थापना गर्ने र सुरक्षालाई चुस्तदुरुस्त बनाउनका लागि इप्रका गढवालाई ...

Read More »

प्रधानमन्त्रीद्धारा आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया

DSC8467-848x478

आवुधावी, २ माघ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुग्नुभएका प्रधानमन्त्रीले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् । नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ । मेरो ...

Read More »

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत

industry-deparment

काठमाडौं , २ माघ । उद्योग विभागबाट प्रदान गरिने सेवा आइतवारदेखि अनलाइन प्रणालीमार्फत प्रवाह हुन शुरू भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका लागि दिएको आवेदनलाई स्वीकृत गरिएको प्रमाणपत्र प्रदान गरेर सो कार्यको शुरू गरेका हुन् । अनलाइन प्रणालीद्वारा आवेदन दिएर सेवा लिने चुमीले पोखरामा दुई करोडको लगानीमा रेस्टुराँसहितको ३२ ...

Read More »

संशोधन विधेयकमा नयाँ रणनीति बनाउदै एमाले

uml-office

काठमाडौं, २ माघ । विरोधका बिचमै सत्ता पक्षले संविधान संसोधन प्रस्ताव संसदमा टेवुल गरिसकेपछि चक्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसोधन विधेयकबारे नयाँ रणनीति बनाउदैछ । अब कसरी अघि बढ्नेबारे निर्णय गर्न आइतबार अपरान्ह एमाले स्थायी समितिको बैठक बसेको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थीतीका बारेमा विश्लेषण गर्दै नयाँ कदम चाल्ने नेताहरुले बताएका छन् । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन ...

Read More »

कुवेतमा एक नेपालीको मृत्यु

download

काठमाडौं, २ माघ । उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो । कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन् ।  यादवलाई गएको पुस २५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक यादव कार्यरत कम्पनी सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पूरा गरी ...

Read More »

नेपाली –याप गीतको एउटा तार टुटयो , चर्चित गायक यमबुद्धको निधन

yam (2)

दीपक शर्मा  बर्दिया  २ माघ  ।  नेपालमा –याप गीतको जग बसाल्ने यम बुद्धको नामले चर्चा पाएका गायक अनिल अधिकारीको निधनले नेपालमा –याप गीतको एउटा तार चुडेको छ । छोटो समयमै यम वुद्ध भनेर चिनिएका अनिल अधिकारीले सन २०११ म साथी बोलको गीत बाट निकै चर्चा पाएका थिए । उनका गीत –यापमा भएपनि सन्देश मुलक हुने गरेका थिए , उनले लागु ...

Read More »

रुकुम मुसीकोट नगरपालिकाको बजेट १२ करोड

nepal-money-1-300x165

रुकुम, २ माघ । रुकुमको मुसीकोट नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करीब १२ करोड विनियोजन गरिएको छ । तेस्रो नगरपरिषद्ले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ११ करोड ९५ लाख ७९ हजार ९ सय ४० बजेट विनियोजन गरेको नपाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए, जसमध्ये पूँजीगततर्फ ८ करोड ९ लाख २९ हजार ४० रुपैयाँ छ भने चालूतर्फको बजेट १ ...

Read More »