डडेलधुुरामा जिप दुर्घटना १५ जना घाइते

डडेल्धुरा, २८ पुस । डडेल्धुरामा आज बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो ।

Accident-sign-610x259-750दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहँदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*