स्थापना दिवशको अवसरमा माघी डेवानी कार्यक्रम हुने

दाङ, २७ पुस । थारु पत्रकार संघ दाङले आफ्नो ६ औं स्थापना दिवसको अवसरमा माघी डेवानी कार्यक्रम गर्ने जनाएको छ ।

संघले भोलि सौडियार ९ सिसहनिया स्थिति नमूना थारु ग्राममा माघी डेवानी कार्यक्रम गर्ने जनाएका हो । थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितले एक प्रेस विज्ञप्ती जारी गरि माघी डेवानी कार्यक्रमको उद्दघाटन सम्मानिय सभामुख ओनसरी घर्तिबाट हुने जानकारी गराउनुभएको छ ।

untitled-1-copyभोलि बिहान साढे ९ बजे सभामुखबाट उद्धघाटन हुने कार्यक्रममा उपस्थितिकोलागि उहाले सम्पुर्णमा आग्रह पनि गर्नुभएको छ । यसैगरि माघी डेवानी कार्यक्रममो मुख्य आर्कषणका रुपमामा थारु समुदायको चर्चित मघौटा नाच संगै विभिन्न थारु परिकारको समेत व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*