पुस्तक हराएको सूचना

cms-image-000010822शिव मुखिया

‘पुस्तक लगेर फिर्ता नगर्ने महापुरुषको नाम कालोसूचीमा प्रकाशित गरिनेछ।’ फेसबुकको हवला दिदै परम मित्रले यस्तो स्टाटस राखेपछि मेरो मनभित्र पराकम्पन गयो।

images-cms-image-000010793साथीवाट मैले केह थान पुस्तक ससर्त सापटी लिएको थिएँ। उनको तीन सुत्रीय सर्त थियोः

१. पढिसक्नासाथ सकुशल चाँडै फिर्ता गर्नुपर्ने।
२. सिरानीमुनी च्यापेर राख्न नहुने, कुनै पाना दोब्रिएको हुन नहुने।
३. दोस्रो व्यक्तिको हातमा पार्न नहुने, सट्टापट्टा गर्न नपाइने।

साथीको पुस्तक तुरुन्तै फिर्ता गर्नुपर्ने नैतिक दवाब पर्यो, ममाथि। यदि त्यसो नगरिएको खण्डमा फेसबुकमार्फत् मेरो पोल छताछुल्ल हुने थियो। किनभने, नाम कालोसूचीमा प्रकाशित हुनासाथ अरु घनिष्ठ मित्रहरुको मस्तिष्कमा पनि आफ्नो पुस्तक दिएको दृश्य ‘रिप्ले’ हुने थियो, जुन मैले फिर्ता गरेको थिइँन। अन्ततः एकपछि अर्काले मलाई क्रमशः ‘कालोसूचीमा’ राख्दै जाने थिए। सम्भावित बद्नामीको भयले चौतर्फीको घेरा हालेपछि हताहतार डेरा फर्किँए।

साथीको सर्त मबाट गम्भीर रुपमै उल्लंघन भएको कुरामा कुनै सन्देह थिएन। पुस्तकहरु मेलोसँग पढिसिध्याँए। त्यसपछि कहाँ थन्को लगाइयोरु हेक्का भएन । डेरा पुग्नासाथ पुस्तकको र्‌याक खोतलियो। ओछ्यान पल्टाइयो । दराज, कुना काप्चा चाहारियो। एकाध पुस्तक फेला परे, त्यो पनि पूर्ण अंगभंग अवस्थामा। पुस्तकको खाली पाना छोरीको कलाले सचित्र रंगिइसकेको थियो। कतै बाङ्गोटिङ्गो राष्ट्रिय झन्डा, कतै त्रिभूज शैलीको हरिया डाँडापाखा, कतै बडेमाको गोलाकार घाम । कुनै पुस्तकको अवेशष समेत फेला परेन। ति कहाँ गायब भए ?

एकजना धुरन्धर भाइ थिए, मेरो छिमेकी डेरावाल। ती भाइ मकहाँ आउजाउ गरिरहन्थे। फर्कने वेलामा तिनको चोरदृष्टि र्याकको पुस्तकमाथि पर्थ्यो। अनि निसंकोच पुस्तक च्यापेर रेडिमेड शैलीमा भन्थ्यो, ‘पढिसकेर फर्काउँला है।’

तर, उनले यो ‘दूर्लभ अवसर’ अनुभूत गर्ने मौका मलाई कहिल्यै दिएन। जति पुस्तक लान्थे, ती ‘जे आउँछ मज्जाले पचाइदिन्छु’ शैलीमा गायब बनाइदिन्थे। उनको यो खानदानी प्रवृत्ति थाहा हुदाँहुदै पनि म उनलाई पुस्तक दिन रत्तिभर कञ्जुस्याइँ गर्दिनथे। किनभने, एकाध वाहेकका पुस्तक मैले पनि उसैगरी अरुवाट ‘सापटी’ ल्याएको हुन्थें।

‘फलानो पुस्तक तुरुन्त फिर्ता ल्याउनुपर्यो’ आफू अप्ठ्यारोमा परेको व्यहोरा जस्ताको तस्तै सुनाइसकेपछि मैले विलौनाको शैलीमा फोन गरें, ‘यहाँ मेरो वेइज्जत हुन लागिसक्यो ।’ उनले विष्मय भावमा तात्तातो जवाफ फर्कायो, ‘अहो, त्यो किताव त साथीले पढ्न लगेको छ ।’

भाइले आफ्नो मित्रको मोवाइल नम्वर डायल गरे। तर, असन–इन्द्रचोकतिर घुम्न निस्किएका ती साथीको मोवाइल ‘नेटवर्कको व्यस्तताको कारण’ स्पष्ट सुनिएन । धेरैचोटी ‘पुनः प्रयास’ गरेपछि उनले अपुष्ट खवर सुनायोे, ‘त्यो पुस्तक मबाट पनि अर्कै साथीले लगिसक्यो।’

म लत्याकलुतुक गलें। हराएको पुस्तक सकुशल उद्वार गर्ने झिनो आशा पनि बाँकी रहेन। अब, एउटै विकल्प रह्यो, नयाँ पुस्तक किन्ने। यसबाट सहज रुपमा पुस्तकको समस्य त हल हुन्थ्यो तर, त्यसमा सम्वन्धित लेखकको हस्ताक्षर कहाँबाट ल्याउने ?

साथीले कुनै पुस्तक प्रदर्शनीमा खरिद गरेको उक्त पुस्तकमा लेखकको प्रेममय दुई(चार शब्दसहित शानदार हस्ताक्षर थियो। साथसाथै, पुस्तक खरिद गरेको मिति समेत त्यसमा उल्लेख थियो। त्यसैले चोर बाटोवाट पनि समस्या हल नहुने कुरा प्रष्टै भयो।

‘पुस्तक मागेर होइन, किनेर पढौं’
इलाम बजारका केही पुस्तक पसलमा यस्तै सूचना टाँसिएका हुन्थे । तर, सज्जनवृन्दहरु त्यसैको आडमा उभिएर हाताहात दैनिक पत्रपत्रिका पढिरहेका देखिन्थे। लाग्थ्यो, पत्रपत्रिका(पुस्तक भनेको यस्तो खुराक हुन्, जसलाई निःशुल्क ग्रहण गर्दा न अपराध लाग्छ, न लाज।

‘खै एक सर्को तानौ न’ भन्दै कैंची कट औंलो तेस्र्याएर चुरोट माग्ने वा ‘थोरै म पनि च्याप्छु है’ भन्दै प्याच्च थुकेर खैनी माग्ने शैलीकै अर्को संस्करण हो, पुस्तक माग्ने पनि। पुस्तक÷पत्रिका मागेर पढ्दा ‘मगन्ते’ भइदैन। बुजृकहरुले भनेकै छन्, ‘ज्ञान अरुलाई दिएर, बाँडेर सकिँदैन । बरु, बढ्छ।’

एकताका खुब उपन्यास पढिन्थ्यो। पसलमा झुन्ड्याइएको ‘सिस्टर कल्पना’, ‘लुकेको समाज’, ‘अर्को जन्म’ उपन्यासमा ¥याल चुहिन्थ्यो। बिहीबारे हाट भरेर फर्कदा मेरो झोला त्यस्ता केही थान उपन्यासले भरिएको हुन्थ्यो।

घरको निषेधाज्ञा तोडेर उपन्यास पढ्नु सजिलो थिएन, त्यसमाथि साथीहरुको चोर दृष्टिबाट जोगिनुपर्ने। घ्रांणशक्ति बलिया भएका साथीहरुले घरको जुनसुकै कुनामा लुकाइएको पुस्तकको गन्ध पहिल्याउँथे र विनम्रतासाथ माग्ने ‘कष्ट’ समेत नगरी हत्याइदिन्थे।

एकदिन प्रकाश ‘कोविद’ को ‘देवता’ पढिनसक्दै हरायो। शंकास्पद दुई(चार साथीको ओछ्यान, सिरानीमा खानतलासी लिइयो। तर, देवता फेला परेन। पेवा अलैंची बेचेर किनेको उपन्यास पढ्न नपाएकोमा साह्रै खल्लो लाग्यो। खोजी कार्य जारी थियो। अन्ततः फेला प¥यो देवताको भग्नाअवशेष, छिमेकी राई बहिनीको घरमा। त्यसको कुनै पाना सद्दे थिएन। पछि रहस्य खुल्यो । मसँग सुत्न आउने भाइले देवता चोरेर राई बहिनीलाई ‘सरप्राइज गिफ्ट’ दिएका रहेछन्।

एक साँझ मोबाइलमा पुरानो घरबेटीकी छोरीको नम्बरबाट फोन आयो। खुसीसाथ रिसिभ गरें। तर, कुरा खुसीको थिएन। अरुवेला विनम्रतासाथ प्रस्तुत हुने ती बहिनीले आक्रामक आवाजमा भनिन्, ‘मेरो किताव त खत्तम बनाइदिनुभएछ। त्यो मेरो क्लोज फ्रेन्डले बर्थडेमा गिफ्ट दिएको थियो।’

‘द गुड अर्थ’को नेपाली अनुवाद, ओशोको ‘सम्भोग से सामधि की और’ लगायत केही थान पुस्तक पढेर लामो समयपछि फर्काएको थिएँ। ती पुस्तकहरुलाई पनि छोरीले थाहै नपाई ‘सचित्र’ रंगाइसकेकी रहिछ। । बजारमा नयाँ पुस्तक खोज्न म पसलमा होइन, तिनै बहिनीको कोठामा पुग्थें। उनको सानो लाइव्रेरीवाट आफुखुसी पुस्तक ल्याउने बाटो पूर्णतः बन्द भयो। त्यसपछि मेरो लोभीदृष्टि अरु साथीहरुको पुस्तक याकतिर मोडिए।

म अरुको पुस्तक सट्टापट्टा गर्दै काम चलाउन थालें। तर, यो ‘रणनीति’ले त्यसबेला फेल खायो, जब साथीले फेसवुकमार्फत् पोल खोल्ने संकेत गरे। म हच्किनु स्वाभाविक थियो। किनभने, मेरो ¥याकमा त्यस्ता पुस्तक रहेनन्, जो अरुबाट सापटी नलिइएको होस्। मागेरै काम चलाउने यो शैलीलाई अब ‘फुलस्टप’ लगाउनै पर्छ भन्ने निष्कर्ष पुगेंपछि भारी मनले साथीको मोबाइल नम्बर डायल गरें।

‘तिम्रो पुस्तक चाँडै फिर्ता गरिदिन्छु है’
‘के ?’ आश्चर्यमिश्रित भावमा साथीले सोध्यो।
‘तिमीले त मेरो नाम कालोसूचीमा राख्न लागेछौ, म सबै फिर्ता गर्छु।’
‘अरे, तिमीले पनि मेरो पुस्तक लगेको छौ ररु मैले त यादै गरेको छैन त’ साथीको जवाफ अनपेक्षित थिया। उनले थपे, ‘यार, तिम्रो नाम कहाँ ब्ल्याक लिस्टमा राख्ने हो ररु अरु काजीहरु पो छन् त, पुस्तक लगेर नफर्काउनेहरु।’ नेपाल खबरबाट

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*