गजलः अचम्मै छ तिम्रो वानी

15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर

अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै
लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै ।

बाच्न रहर सबैलाई छ ढुक्क भइ बसे हुन्छ
छरछिमेक छन् वरपर मर्न दिन्नन् तिम्लाइ सित्तै ।।

चलाख भइ गर्यो भने नाना भाति खेल तिम्ले
अनायासै वित्यास हुदा रुनु पर्ला सुस्त सुस्तै ।।।

अनचिनारु यो वटुवा गर्न पनि के सक्छु र
वटुवाको भर नमान्दा घात होला तिम्लाइ मस्तै ।।।।

अचम्मै छ तिम्रो वानी स्वभाव पनि जस्ता तेस्तै
लिग भए नि हावा जति जीवन हुन्छ तिम्रो उस्तै ।।।।।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*