Monthly Archives: December 2016

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

0efa3bd6de047de77d7f13c7da79ef9b

काठमाडौं, १६ मंसिर । देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विनियोजन गर्ने शैक्षिक सुधार प्रतिबद्धता सार्वजनिक गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ...

Read More »

लोकमान मुद्दा सर्वोच्चमा आजदेखि सुनुवाइ

lokman

काठमाडौ १६ मंसिर । निलम्वित अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई सदर गर्ने निर्णयमाथि परेको पुनरावेदन मुद्दामा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनले प्रकाशित गरेको साप्ताहिक पेसी सूचीमा ७ वटा मुद्दा कार्की प्रकरणसँग सम्बन्धित छन् । सूचीअनुसार कार्कीको नियुक्ति र योग्यतासम्बन्धी फैसला पुनरावलोकनको माग गरिएका दुई मुद्दा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने छन् । न्यायालयको सम्पूर्ण ...

Read More »

‘अब तपाईंले दुःख गर्नुपर्दैन आमा भन्ने छोराको लास कुर्नुपर्यो’

rajes-family-3

सर्लाही, १६ मंसिर । सर्लाहीको धनकौल गाविस(९ की ठेकनीदेवी पण्डितको पाठेघरको समस्या धेरै वर्ष पुरानो भइसकेको थियो । तर श्रीमान् रामुसँग उपचार गर्ने पैसा थिएन । किनकी रामुको एक छोरा र दुई छोरीसहितको परिवार मजदुरी गरेर चल्थ्यो । त्यही मजदुरीबाट जम्मा गरेको पैसाले श्रीमतीको पाठेघरको अप्रेसन गर्नुभयो । अप्रेसन गरेपनि उपचार गराउने र औषधी खाइरहनुपर्ने । त्यसैले रामु श्रीमतीको उपचार ...

Read More »

जंगलमा मृत फेला परेकी महिला घोराही निवासी

women-death

तुलसीपुर १६ मंसिर ।  तुलसीपुर–अमेलिया सडक खण्डको जंगलमा मृत अवस्थामा फेला परेकी महिलाको बुधवार साँझ पहिचान खुलेको छ । मृतक घोराही नगरपालिका वडा नं. ११ निवासी ३७ बर्षीया मिना बुढा मगर रहेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । बुढा मगलको शव मंगलवार जंगलमा फेला परेको थियो । एसपी सिंहले महिलाको बुढा मगरको हत्या भएको हुन सक्ने ...

Read More »

उच्च मावि निधुवारको अध्यक्षमा परियार

13119055_160561711008818_877996553892337064_n-1

घोराही १६ मंसिर ।  उच्च माबि निधुवार (हापुर)को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजु परियार (कान्छा) सर्वसम्मत रुपमा चयन भएका छन् । बुधवार भएको अभिभावक भेलाले परियारलाई अध्यक्षमा चयन गरेको हो । परियारको अध्यक्षतामा ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा नैना डाँगी, मनकुमारी वली, मनोज बस्नेत, बामदेब गौतम सुशिला न्यौपानेलाई चयन गरिएको थियो । त्यसअबसरमा ...

Read More »

साहित्यकार शर्मा अलविदा

15192651_1183373958424494_7156595457258820377_n

घोराही, १६ मंसिर  । साहित्यकार नित्यानन्द शर्माको निधन भएको छ । विगत दश महिनादे खि प्राणघातक रोग आमाशयको  क्यान्सर बाट पीडित शर्माको हिजो बे लुकी पौ ने  ५ बजे  निधन भएको  हो । विभिन्न साहित्यिक कृतिका ले खक एवं संघसंस् थाका संस् थापकसमे त रहेका शर्माको  ६४ वर्षको  उमे र मा आफ्नै  निवास घो घोराही–५ अम्बार पुर मा निधन भएको  हो  । महे न्द्र बहुमुखी क्यम्पसमा ४२ वर्ष जागिरी  जीवन बिताएका शर्मा उपलाइब्रे रयन पदबाट एक वर्ष अगाडि ...

Read More »

संशोधन विधेयकमा प्रमुख दलहरुबीचमै कित्ताकाट

5e5ead523f0aa407b175d2d2f3d8af11

काठमाडौं, १६ मंसिर । गएको मंगलवार राति सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गाएपछि प्रमुख तीन दलबीच कित्ताकाटको अवस्था देखिएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल संविधान संशोधन पारित गराउने ध्याउन्नमा छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले जसरी भए पनि विधेयक असफल गराउने बाटोमा लागेको छ । सरकारले अब एमालेको अवरोध सामना गर्नुपर्ने देखिएको छ ...

Read More »

काँग्रेस मौन , एमालेको विरोध , माओवादीको समर्थन

15179168_1891320144421308_6895052173156482784_n

 घोराही १६ मंसिर । प्रदेश न. ५ को पहाडी जिल्लाहरु रोल्पा , प्युठान , अर्घाखाँची , पाल्पा , गुल्मीलाई प्रदेश नं. ५ बाट हटाउनवारे जिल्लामा क्रियासिल प्रमुख दलहरुले छुटाछुटै धारणा व्यक्त गरेका छन् । सत्ताको बागडोर सम्हालेको दल नेकपा माओवादी केन्द्रले पहाडी जिल्ला हटाउने निर्णयको स्वागत गरेको छ । तर, सत्ताके प्रमुख साझेदार दल नेपाली काँग्रेसको जिल्ला नेतृत्वले यो सवालमा ...

Read More »

‘तुलसीपुर बसपार्क निर्माणमा नगरबिकास कोष बाधक’: नगरपालिका

_mg_9384

दिपक बोहरा / तुलसीपुर १६ मंसिर ।  तुलसीपुर बजारको बसपार्क पातुखोलामा सारेको २२ वर्ष वितिसक्दा पनि त्यसको अवस्थामा सुधार आउन सकेको छैन । तत्कालिन मेयर शंकरप्रशाद आचार्यले २०५२ सालमा बजारको वसपार्कलाई पातुखोलामा स्थान्तरणगर्न भूमिका निर्वाह गरेका थिए । विगत २२ बर्ष देखि पातुखोलाको वसपार्कको स्तरउन्नती गर्ने वा आधुनिक बनाउने सपना भने अझैं पुरा हुन सकेको छैन । अटो ग्यारेज व्यवस्थापनको ...

Read More »