Monthly Archives: December 2016

७ सय २० स्थानीय तहसहितको पुनःसंरचना प्रतिवेदन तयार

local-restructure-manang

काठमाडौं, ५ पुस । विवादकै बीचमा पनि निर्धारित समयभन्दा दुई महिना ढिला गरी स्थानीय तह पुनःसंरचना प्रतिवेदन तयार भएको छ । ठूलो विवाद र रस्साकस्सीकाबीच तयार गरिएको प्रतिवेदन गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बुधबार सरकारलाई बुझाउने तयारी गरेको छ । स्थानीय तह पुरर्संरचना सम्बन्धि प्रतिवेदन तयार गर्न नसकेको भन्दै प्रमुख तीन दलले पुरानै ...

Read More »

प्रचण्ड भन्छन्- ‘संघीयता र गणतन्त्र उल्ट्याउन कोशिस हुँदैछ’

surkhet-848x478

सुर्खेत, ५ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताएका छन् । आज माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको छ । बुर्जुवा र ...

Read More »

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

img_0243

सल्यान, ५ पुस । सल्यानका विभिन्न ठाउँमा आज एमाले तथा एमालेका विभिन्न भातृ संगठनका कार्यकर्ताहरुले चक्काजाम गर्दै नागरिकको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको विरोधमा दिउँसो १ बजेदेखि २ बजेसम्म भएको चक्काजाम कार्यक्रममा एमाले कार्यकर्ताहरुले राजीनामाको माग गरेका हुन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरि ...

Read More »

कोठरी महोत्सवमा को-को कलाकार आउदैछन्

15492365_1215585025199487_5448287835384182247_n

दाङ, ५ पुस । दाङको डुरुवा ४ कोठरीमा यही पुस १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माघी महोत्सवमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतिक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकार आफ्नो प्रस्तुतिका लागि आउने महोत्सव मूल समितिका संयोजक एवं कार्यक्रम संयोजक यामबहादुर पुनले जानकारी दिएका छन् । “स्वस्थ गाँउ स्वस्थ शहर, ...

Read More »

तिवारीको हत्याको विरोधमा एक घण्टा चक्काजाम

dscn0892

इन्द्रेणी संवाददाता दाङ, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज दाङमा एक घण्टा चक्काजाम गरिएको छ । युवा संघ दाङको आयोजनामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम गरिएको थियो । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङ, हापुरेलगायतका मुख्य बजार क्षेत्रमा चक्काजाम गरिएको युवा संघ दाङले जनाएको छ । चक्काजामपछि विभिन्न चोकमा कोणसभाको आयोजना गरी हत्याको विरोध ...

Read More »

डेढ वर्षअघि कतार गएकी युवतीको रहस्यमय मृत्यु

nnn

काठमाडौं ५, पुस  ।  डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । २८ वर्षीय विन्दु कतारस्थित ‘एफ.एम.एम.’ नामक कम्पनीमा क्लिनरको काम गर्दै आएकी थिइन् । गत मङ्सिर २४ गते दिदीको रहस्यमय मृत्यु भएको खबर आएको जानकारी दिँदै भाइ गाविन्द थामीले रातोपाटीसँग भने, ‘दुई हप्ता भइसक्यो शव कतारमै अलपत्र छ, हाम्रो पहुँच नभएकाले स्वदेश ल्याउन ...

Read More »

उपन्यास बिक्रीबाट शैक्षिक अक्षयकोष स्थापना

15673255_355831834785807_686054770_n-2

मार्क कलेजद्वारा १० हजार सहयोग घोराही । पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफूले प्रकाशन गर्नु भएको उपन्यास बिक्रीबाट शैक्षिक अक्ष्यकोष स्थापना अभियान सुरु गर्नु भएको छ । असहाय बालबालिकाका लागि शैक्षिक सहयोग अक्षयकोष स्थापना गर्ने उद्देश्यले प्रकाशन गरिएको पुनरागमन उपन्यासबाट संकलित रकम अक्षयकोष निर्माण गर्न लागिएको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो । यसै वर्ष ५ लाख बराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने ...

Read More »

तिवारी हत्याको विरोधमा लुम्विनी बन्द आह्वान

img_8476

रुपन्देही, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी अञ्चलमा बन्द भएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ । बन्दका कारण आज बिहानैदेखि गाडी चलेका छैनन् । बजार, पसल तथा शैक्षिक संस्थाहरु ठप्प छन् । हत्यारालाई पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेकपा एमालेले लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो ...

Read More »

गाउँले जनता झुक्याउदै अफिमको बीउ बाँड्छन् तस्करहरू

afim

जाजरकोट, ५ पुस । हामीले देख्ने गर्छौ बजार क्षेत्रमा विभिन्न लागूऔषध ओसारपसारमा नाइकेभन्दा सर्वसाधारणहरु फसेको । लागूऔषध कारोवारीहरुले गाउँका सोझा जनतालाई भरिया बनाएर होस् या यो समान त्यो ठाउँसम्म लिदिनुहोस् तपाइँलाई पैसा दिन्छु भनेर । यसरी तस्करहरुले आफूभन्दा अरुलाई फराउदै कारोवार गरिरहेका हुन्छन् । त्यस्तै गरी अहिले पहाडी जिल्ला जाजरकोटको दुर्गम गाउँमा तस्करहरूले लागूऔषध अफिमको बीउ खेती गर्न भन्दै बाँड्न ...

Read More »

बाबुको हातबाट खस्दा नाबालकको मृत्यु

baby-stock

रोल्पा, ५ पुस । रोल्पामा आफ्नै बाबुले खेलाउदा खसेर नावालक छोराको ज्यान गएको छ । धवाङ–६ बस्ने अमरबहादुर बुढाले आफ्नै १५ दिनको छोरा अवय बुढालाई खेलाउने क्रममा हातबाट खसेर ज्यान गएको हो । खेलाउने क्रममा शिशु खसेर काठको फलेकमा पर्दा छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More »