शिक्षण अस्पतालको क्यास काउन्टबाट दिउँसै एक लाख गायब

काठमाण्डौ, १६ पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विकृति नभएको होइन । समय समयमा विवाद पनि चुलिने गरेका छन् । विकृति र विसंगतिको अन्त्यको माग गर्दै धेरै पटक डा. गोविन्द केसी अनसन समेत वसे । हुँदा हुँदा अब शिक्षण अस्पतालको क्यास काउन्टरबाट दिउँसै रकम हराउन थालेका छन् ।

tu-hospitalगएको शुक्रवार काउन्टरबाट ९५ हजार रुपैयाँ हराएको छ । दिउँसो १ बजे कर्मचारीहरु खाजा खान गएको समयमा एमआइसीसीयु नजिकै रहेको काउन्टरबाट दिउँसै पैसा हराएको हो ।

अस्पतालको काउन्टरको चारवटा चाबी मध्ये दुई वटा शुक्रवारका दिन काउन्टरमा रहेका कर्मचारी र अर्का दुई वटा अर्का एक जना कर्मचारीसँग रहेको रहस्य खुलेको छ । झन सहस्यको कुरा अस्पतालका कर्मचारी खाजा खाएर फर्किदा काउन्टरमा चाबी लागेको थियो । घटनाको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको बताइएको छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*