तुलसीपुर नगर जेसीजको अध्यक्षमा पौडेल

तुलसीपुर,१६ पुस । तुलसीपुर नगर जेसीजको वर्ष २०१७ को अध्यक्षमा बिमल पौडेल चयन भएका छन् । आज भएको पद हस्तान्तरण कार्यक्रम मार्फत पौडेल एक वर्षका लागि अध्यक्ष भएका हुन् ।

1२०१३ मा तुलसीपुर नगर जेसीजको सदस्य लिएका पौडेल उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष र कानुनी सल्लाहकार हुँदै वर्ष २०१७ को अध्यक्ष भएका हुन् ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा दामोदर न्यौपाने र डम्वर डाँगी, उपाध्यक्षमा भुवन वली , विमल वली, केशवराज केसी र मानबहादुर वस्नेत, महासचिवमा दिपेश भण्डारी, सचिवमा लोकमान रिजाल र कोषाध्यक्षमा मोहन स्वर्णकार सर्वसम्वत चयन भएका छन् ।

त्यस्तै जनसम्पर्क अधिकारीमा नारायण भट्टराई, एनजिओ आईएनजिओमा सन्दीप भुषाल, स्वास्थ्यमा वुद्धि सापकोटा, शाखा सम्पादकमा पदम पोख्रेल, शिक्षामा जीवन लामिछाने, आईटिमा मनोज केसी र वर्ष २०१७ को कानुनी सल्लाहकारमा मेघराज घिमिरे चयन भएको निर्वाचन संयोजक तुलसीपुर नगर जेसीजका पुर्वअध्यक्ष झरेन्द्र खरेलले जानकारी दिएका छन् ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*