बर्दियामा ७५ वर्षिय जेष्ठ नागरिक सहित २ जनाको मृत्यु

कुसुम बिक 
बर्दिया,१६ पौष ।  बर्दियामा भएका अलग अलग दुर्घटनामा परी ७५ वर्षिय जेष्ठ नागरिक सहित २ जनाको ज्यान गएको छ भने अन्य २ जना गम्भिर घाइते भएका छन ।

बर्दियाको पुर्वि क्षेत्र वाके सग सीमा जोडिएको सोरहवा गाविसको वार्ड न ३ खैरेनि स्थित भित्रि सडक खण्डमा बढैयाताल बाट खैरेनि वजार तर्फ जादै गरेको भे ६ प ६५७८ नम्वरको मोटरसाइकिल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकिलमा सोरहवा गाविस वार्ड न ३ निवासी सवार २० वर्षिय विरु थरुको उपचारको क्रममा नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यसैगरी मोटरसाइकिल चालक २० वर्षिय निर्मल विक , सोहि स्थानका २० वर्षिय भुपेन्द्र थारुको अवस्था गम्भिर रहेको र बाकेको नेपालगञ्ज स्थित नर्सिङहोममा उपचार भैरहेको छ ।

यस्तै बर्दियाको सदरमुकाम गुलरियामा रहेको गुलरिया नगरपालिका वार्ड न ८ भन्सार रोडमा ट्रकको ठक्कर बाट एक जना जेष्ठ नगरिकको मृत्यु भएको छ ।

कैलाली बाट सामान लियर आएको ना ६ ख ५९०३ नम्वरको ट्रकले गुलरिया नगरपालिका वार्ड न ८ निवासी ७५ वर्षिय राधादेवि वानियालाइ ठक्कर दिदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक नेत्रमणि गीरिले जानकारी दिनु भयो । प्रहरीले ट्रक चालकलाइ नियन्त्रणमा लियर अनुसन्धान अगाढि बढाइरहेको बताएको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*