‘ सुपर हिरो ’ की ‘ सुपर हिरोईन ‘ अर्चना

picकलिलो,सुन्दर चेहरा ,मिलेको जिउडाल । देख्नेले सहजै भन्छन् ‘वाह ! हिरोईन बराबर ।’ कलाकारीता क्षेत्रमा पनि उनको सौन्दर्यताको मुल्यांकन चुँलिदै गयो । घोराहीकी अर्चना केसी यहि सुन्दरतालाई ‘क्यास’ गर्दै अहिले नायिका बन्ने दौडमा छिन् । कलाकारीता क्षेत्रले उनलाई राम्रै पत्याएको छ । अहिले दाङमै छायांकन भैरहेको चलचित्र ‘सुपर हिरो’ कि ‘सुपर हिरोईन’ बनेर अभिनयको उन्माद छरिरहेकी छिन् । नायिका बन्ने चुनौतीलाई चिर्दै सुन्दर अवसरलाई सहि सदुपयोग गर्ने चिन्तन अर्चनामा छ ।

‘अहिले फिल्मको सुटिङमा छु,’उनले भनिन् ‘सके सम्म राम्रो गर्ने प्रयासमा छु,हेरौँ कस्तो हुन्छ ।’ देउखुरीमा हाल छायांकन भैरहेको यो चलचित्रको छायांकन अबको एक हप्तामा सकिने उनले वताईन् । यो चलचित्रमा निर्माण नारायण नेपालको रहेको छ भने निर्देशन सन्देश शाहले गरेका छन् । यो चलचित्रमा राक्षस आक्रमणको कथाबस्तु समेटिएको छ । हालै मात्रै यो चलचित्रको टिजर पनि युट्युवमा सार्वजनिक भएको छ ।

15749974_10210396728386438_946538954_nचलचित्रकै मुख्य नायिका बनेर सिनेमाको पर्दामा उत्रने दौडमा रहेकी अर्चना म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा औपचारिक डेब्यु गरेकी हुन् । ‘मुग्लान छिरौँला’बोलको दोहोरी गीतबाट अभिनयको औपचारिक यात्रा सुरु गरेकी अर्चनामा चल्तीको नायिका बन्ने सपना सजिएको छ । ‘ यहि क्षेत्रमा लागेर राम्रो नायिका बन्ने सपना सजाएको छु,’उनले भनिन् ‘प्रयास गर्दैछु, आशा छ सफल हुने छु ।’

त्यसोत, अर्चना एक कुशल नृत्यांना पनि हुन् । दाङ लगाएत दाङ बाहिरका जिल्लामा समेत उनि स्टेज नृत्यका लागि पुग्ने गरेकी छिन् । नृत्यकै माध्यमबाट उनको फिल्मी यात्रा सुरु भएको उनले वताईन् ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*