गौमुखी ग्रामीण टुरिज्म सर्किटको संभावना

dhaniram sharma

धनिराम शर्मा ( ऋतुविचार )

पर्यटनको विशिष्ट संभावना भएको गौमुखी क्षेत्रको प्रवद्र्धन गर्न स्वर्गद्वारी गौमुखी ढोरपाटन पर्यटन पदमार्गको आधारमा गौमुखी क्षेत्र टुरिज्म सर्किटको अवधारणालाई मूर्तरुप दिन सम्वद्ध सबै जिम्मेवारहरुले मेहनत गर्न आवस्यक छ, पर्या सांस्कृतिक र साहसिक पर्यटनले समृद्ध मानिने यस क्षेत्रमा पर्यटनको पूर्वाधार र शिक्षामा अझै जोड दिन सके पर्यटनलाई व्यवसायीकरण गर्न सकिनेमा कुनै दुइमत छैन । पर्यटनमा व्यवसायीकरण गर्न सके स्थानीय उत्पादन सीप कला संस्कृतिको बजारीकरण हुन सक्छ जसले समुदायको आर्थिक सामाजिक जीवनमा रुपान्तरण हुन सक्नेछ ।

view-land

पर्यटनका आयामले वैभव मानिने गौमुखी क्षेत्र ग्रामीण पर्यटन सर्किटको रुपमा विकास गर्न सकिने संभावना रहेको जानकारहरु बताँउछन, त्रिदेशीय पर्यटनमार्गको मध्यविन्दुमा पर्ने गौमुखी क्षेत्र प्राकृतिक सांस्कृतिक जल तथा साहसिक पर्यटनका संभावनाले समृद्ध छ । प्यूठानको पूर्वीउत्तरमा पर्ने विद्यमान दश गाविसहरुलाई जोडेर गौमुखी क्षेत्र पर्यटन विकास गर्न प्रयासहरु भैरहेका छन्, पूर्वाधार तथा पर्यटन शिक्षामा लगानी गर्दै सर्किटको विकास गर्न सकिने बताइएको छ,पदमार्गको रेखाँकन, सडक संजाल विस्तार, होमस्टे संचालन, संरक्षण तथा प्रवद्र्धन जस्ता कार्यहरुले ग्रामीण पर्यटनलाई विकास गर्न ग्रामीण टुरिज्म सर्किट बन्न सक्ने आधार तय भएको सम्वद्धहरुको मत छ ।

13115496_1114110111962034_1657906091_n1

पर्यटन सर्किटको विकास गर्न नेपाल पर्यटन बोर्डले गौमुखी क्षेत्र पर्यटकीय पदयात्रा मार्ग निर्माण गर्न बजेट विनियोजन गरेको छ, गौमुखीलाई आधार मानेर सरकारी लगानी हुने गरेको छ, पर्यटकीय संभावना भएको गौमुखी क्षेत्रमा टुरिज्म सर्किटको रुपमा विकास गर्न लागेको गौमुखी क्षेत्र पर्यटकीय पदयात्रा मार्ग निर्माण समितिका अध्यक्ष महावीर रानाले बताए,स्वर्गद्वारी गौमुखी ढोरपाटन पदमार्गको अवधारणा अनुसार गौमुखी पदयात्रा मार्ग निर्माण गर्न लागेको रानाले बताए, उनका अनुसार पर्यटन बोर्डले दुइ आर्थिक वर्षमा ५० लाख बजेट खर्च गरेको छ, रानाका अनुसार पदमार्ग ३६ किलोमिटर लामो हुने छ ।

15355946_693784910789819_290354548_n

ओखरकोट गाविसको मच्छीस्थित ढाँडको रकगार्डेनबाट शुरु भई स्नाथान– दिहाल्ना (दहीहाल्ना लिबाङ ) पूँजाको तामाखानी (ऐतिहासिक राणाकालीन खानी ) रजबाराको झाँक्रीढँुगा –तिखाचुली, नाँगीलेक– ढोरपाटन, बाइमुल झरना – गौमुखी(अर्खा) खुङ –नारीकोट हुदै मच्छीसम्मको रुट हुने छ, जुन पुरा गर्न पाँच दिनको प्याकेज निर्माण गरिएको छ । स्मरण रहोस् पूँजाको बाग्लीवाङमा संभवतः नेपालकै एकमात्र दलित समुदायले संचालन गरेको सफल होमस्टे संचालित छ ।

20160322_062621मच्छी, चौके, टापु, दियाल्ना, बाग्लीबाङ, ठूलाचौर र खुङमा होमस्टे संचालन भइरहेको छ, यद्यपी पर्यटन शिक्षाको अभावमा अझै व्यवसायीकरण हुन सकिरहेको छैन, मगर संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्न अर्खामा मगर संग्रहालय रहेको छ । गौमुखी क्षेत्र घुम्ने भ्रमणकर्ताले ओखरकोटमा सूर्योदयको दृष्य अवलोकन, टापुको ऐतिहासिक दरबार क्षेत्र, मच्छीको रकगार्डेन, पाहुनालाई लठ्ठ बनाउने गौमुखीको अदभूत जलधारा, बाइमुल भरना, मगर संस्कृतिको अध्ययन अवलोकन, धवलागिरी, अन्नपूर्ण र पश्चिममा सिस्ने हिमालको अवलोकन गर्न सक्नेछन् । मिठासपूर्ण सत्कार, न्यानो स्वागत, स्थानीय परिकारको भोजन, ग्रामीण जीवनशैलीको मिठो अनुभूति गर्न सक्छन् ।

20160321_163632गौमुखी क्षेत्रलाई लुम्बिनी स्वर्गद्वारी र ढोरपाटनसंग जोडिने भएको छ,लुम्बिनी आउने पर्यटकलाई गौमुखीहुदै ढोरपाटन पुराउने योजना अगाडि सारिएको छ, विशेष गरि गौमुखी क्षेत्रमा पदमार्गको यात्रा गर्ने भएको छ, यतिमात्र होइन स्वर्गद्धारी गौमुखीलाई जोडेर आन्तरिक पर्यटन संजाल निर्माण गरिने बताइएको छ । प्यूठानको स्वर्गद्वारीपछि दोश्रो पर्यटनको संभावना भएको क्षेत्र गौमुखी क्षेत्र हो, गौमुखी क्षेत्रको पर्यटन विकासको संभावनाको अध्ययन गरि पदमार्गको निर्माण, होमस्टेको व्यवस्थापन, सडक संजाल विस्तार, पर्यटन शिक्षाको सचेतिकरण गर्ने, गन्तव्यहरुको पहिचान तथा प्रचार प्रशार गर्ने केही कार्यहरु भैरहेका छन्, यद्यपी पर्याप्त भने हुन सकेको छैन ।

20160322_063048पर्यटन बोर्ड, पर्यटन कार्यालय भैरहवा,सांसद विकास कोष, जिल्ला विकास समिति लगायतका निकाय तथा कार्यक्रमले गौमुखी क्षेत्रको पर्यटन विकासमा लगानी गरेका छन् । ग्रामीण पर्यटनको बलियो आधार भएकाले लगानी गरेको ती निकायहरुले बताएका छन्, पर्यटकीय गन्तव्यहरुको सडक संचार सेवाबाट जोडी सर्किट बनाउन सकिन्छ, सर्किट बनाउन सके लगानीको परिणाम पनि देखिने गर्दछ, दीगो पर्यटनको लागि सर्किटको विकास गरि अवलोकन भ्रमणसंगै थप प्रचार प्रशार गर्न सकिने सम्वद्धहरु बताँउछन, जिल्ला विकास समिति प्यूठानका पर्यटन फोकलपर्सन अरबिन्द्र बर्माले दीगो पर्यटन विकास गर्न ग्रामीण पर्यटन सर्किट बनाउन आवस्यक भएको बताए , पर्यटनको प्रचुर संभावनालाई परिणाममा ल्याउन सरकारी लगानीले मात्र पर्याप्त नहुने भएकोले स्थानीय समुदायको सक्रिय परिचालन पनि आवस्यक भएको औल्याए, स्थानीयमा पर्यटन शिक्षाको सचेतीकरण गरि सर्किटको विकास गर्न सके गौमुखीलाई पर्यटनको नमुना गन्तव्य बनाउन सकिने उनको सुझाव छ । चालु आर्थिक वर्षमा जिल्ला विकास समितिले अढाइ लाख लगानी गरेको छ ।

20160322_065835गौमुखी क्षेत्रको पर्यटन विकासको लागि राज्यको लगानी सन्तोषजनक भएपनि पर्याप्त भने हुन नसकेको स्थानीयहरु बताँउछन् । सरकारी लगानीले पर्यटकीय गन्तव्यको पहिचान गरि पूर्वाधारमा केही सुधार भएका छन् । गौमुखी क्षेत्रको पर्यटकिय विशिष्टता भएकोले ग्रामीण पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय सर्किटको रुपमा विकास गर्न सकिने सांसद दुर्गा पौडेलले बताइन् । ग्रामीण पर्यटनको सर्किट बनाउन सकिने संभावना भएकोले आफूले सांसद विकास कोषको बजेट खर्च गर्ने गरेको बताईन् ।सरकारी लगानी सन्तोषजनक भएपनि पर्यटन शिक्षाको अभावमा सोचे जति विकास गर्न नसकिएको पौडेलले प्रतिक्रृया दिइन् ।

received_1137673386348854 सरकारी लगानी, पर्यटन शिक्षामा ध्यान दिन सके गौमुखी क्षेत्रको अथाह संभावनालाई व्यवसायीकरुपमा उपयोग गर्न सकिने उनले बताईन् । पर्यटनको क्षेत्रमा नेतृत्व समेत गरिरहेकी सांसद पौडेलले स्थानीयमा जागरण ल्याउन पर्यटन शिक्षाको अनिवार्यता भएको औल्याइन् । गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि साांसद विकास कोषबाट हालसम्म करिब रु २५ लाख खर्च भएको छ, ,सांसद दुर्गा पौडेलले गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि खर्च गरेकी हुन् ।

प्यूठान देशकै पाँचौ खुला दिशामुक्त जिल्ल्ला तथा मध्यपश्चिमको पहिलो जिल्ला भएकोले सरसफाईमा प्यूठान अब्बल मानिन्छ, प्यूठानका उत्तरपूर्वी गाविसहरुमा सरसफाईको राम्रो प्रबन्ध छ, यद्यपी पर्यटन शिक्षाको पर्याप्त हुन सकेको छैन, गौमुखी क्षेत्रभित्र धेरै स्थानमा सडकको ट्रयाक खुलेका छन्, यतिमात्र होइन वन मन्त्रालयले यस क्षेत्रमा पर्या पर्यटन प्रवद्र्धन गर्न भन्दै संरक्षणका कार्यक्रम समेत संचालनमा छन् । सडक संजालले जोडिएको प्यूठानको बाग्दुलादेखि अर्खासम्म करिब ३६ किलोमिटर सडक ट्रयाक खुलेको छ, त्रिदेशी पर्यटनमार्गको नामाकरण गरिएको यो सडक रणनैतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ, मच्छी, ठूलाबेसी, आग्लुङबेसी(गुल्मी) हुदै ठूलाचौर पुग्ने गर्दछ, मध्यपहाडी लोकमार्गसंग बाग्लुङमा जोडिन्छ । राप्ती बबई टुरिज्म सर्किटको आधार समेत मानिएको यो सडक दाङको कोइलाबासबाट शुरु हुन्छ ।

20161115_153831

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*