गणतन्त्रको मुल्य तोक्ने ‘गणतन्त्रको सङ्घर्ष’

गोविन्द खड्का
आतुरी लागेर पुस्तकको टिप्पनी गर्न खोजेको होईन । केहि दिन गरु कि नगरुको दोधारमा थिए । अन्त त पुस्तकका केहि कुरा पाठक सम्म नल्याई मनले मानिन । प्रशान्त झाको पुस्तक ‘गणतन्त्रको सङ्घर्ष’ बारे मेरो बझाई पश्किन्छु ।

14012016014858pjbr-1000x0मधेश आन्दोलन चलिरहदा सम्म मलाई पनि भारतीय जस्तै लाग्थ्यो । बाबुराम भटराईलाई भारतको एजेन्ट । यो संकुचित बुझाई बाट पुस्तकले मुक्त बनाएको छ । भारतीयहरुको स्वार्थ नभएको होईन । उनिहरुकै पेदा बनेर केहि नेताहरु अघि बढेको भन्न पनि सकिन्छ । पुस्तकमा पत्रकार झा ले विभिन्न ठाउँ मा पुगेर संकलन गरेका सामाग्रीले यहि पुष्टि गर्छ ।

पुस्तकले मधेशी र माओवादी प्रतिको धेरै भ्रम चिर्न मद्धत गरेको छ । उतिवेला माओवादिलाई पुर्ण विश्वास गर्दथे । अध्यक्ष प्रचण्डले गरेका हरेक कदम सहि लाग्थे । उनको आलोचना गर्नेहरु सबैलाई काचै खाउजस्तो झोक चल्थ्यो । कहिले सिंगापुर त कहिल्यै स्विटजरल्याण्ड अपर्झट पुगेका समाचार आउथे । र अ का अधिकारीलाई भेट्न गएको भनेर प्रचार गरिन्थे । अध्यक्ष प्रचण्ड अरु कुनै कारण देखाउथे । भारतीय विस्तार बाद त्यसमा पनि र अ भनेपछि कम्युनिष्टहरु तिनको संगतमा नपरेकोलाई चोखो मान्छन् ।

उनिहरुको भनाईमा पहिलो दुश्मनण भनेको र अ संग साठ गाठ भएको व्यक्ति हो । त्यसको सर्बोच्च कमाण्डर र अ लाई भेट्न कसरी मरिहत्ते गर्ला ? पत्याउन निकै कठिन हुन्थ्यो तर प्रतिकार गर्न पनि पर्यात्त आधार पार्टिले दिन्नथ्यो । पुस्तक अध्ययन गर्दा र अ लाई रिझाउन दौड धुप गरेको खुल्यो । अनि नेपाललाई स्वीटजर ल्याण्ड बनाउन हेर्न गएका हुन् भनेर कार्यकर्तालाई ढाटेको भ्रम च्यातियो ।

जनयुद्ध शुरु गरेपछि मधेश पस्न माओवादिलाई ढिलो भएको हो । पहाडका पहर, ककेरा, वडार, रुख मुनि लुक्दा सम्म समतल भुभागको आन्दोलन असम्भव लाग्थ्यो । खोल्सामा लुकेर हान्ने जस्तो सहजता मैदानमा हुन्नथ्यो । बिस्तार हुदै मधेशमा पुगेपछि चर्किएको हो । मधेशमा आन्दोलन चर्किन लाग्यो भन्ने खबरले पहाडमा उल्लास ल्याएको थियो । त्यसको केहि समय पछिनै २०६२, ०६३ को आन्दोलन उर्लीयो । जनमुक्ति सेनामा तराईका अनुहार देखिन थाले । तिनलाई डरपोकको विल्ला थियो । ‘परेको बेला थापिने हामि हो । यीनिहरु डरछेरुवा हुन्छन् । मोर्चा बाट भाग्छन’ भन्थे ।

पुस्तकले दिएको तथ्य अनुसार एउटै भाषा एउटै भेष भन्ने राजा महेन्द्रको नारा बाटै मधेशिले चित्त दुखाएका थिए । नेपाली बौल्नै पर्ने, दौरा सूरुवाल पहिरीनै पर्ने जस्ता सरकारी सेवाका शर्तले त्यहाका बुद्धिजिवि चिढिएका हुन् । धेरैले अबसर बाट बञ्चित व्यरोजगार हुनुपरेको थियो । माओवादिमा प्रबेश गर्न यस्ता कुनै कुराले पनि रोकेन । त्यसमा पनि स्थानिय जनसत्ता चलायो । उनिहरुलाई स्वायत्त अधिकार दियो । तिनिहरु खुशि भएर आन्दोलीत बने ।

जतिबेला माओवादि शक्तिमा आयो त्यस पछि खुशिलाई भागबण्डा गर्न थालियो । युद्धमा काम सक्न क्षमतालाई महत्व दिईन्थ्यो । सरकारमा पुगेपछि स्वाद चाख्न आफ्नाले मौका पाउथ्योे । गोईत, ज्वाला सिं लगाएतका नेताहरु टाढिए । मातृका लगाएतका उदाए । उपेन्द्र यादवहरु अझै पनि रहस्यमै छन् । पुस्तकले न चाहेर वा नसकेर हो उपेन्द्रको गिरफ्तारी र रिहाईका बारेमा स्पष्ट पारेको छैन । सबै क्षेत्रबाट संका गरीएको विषयलाई पुस्तकले पनि रहस्यमै राख्नु अनौठो छ ।

मधेशलाई नेपाली भनेर स्विकार्न नसक्ने काठमाण्डौको दोषी नजर पुस्तकले मधेश आन्दोलनको बिउ देखाउ“छ । अहिले भारत वा अन्य कसैले उछाल्यो भनिए पनि मधेशका मैथली, भोजपुरी, अवध, हिन्दी भाषीहरुलाई नेपाली नठान्नु, ‘ए भैया’ भनेर हेपाहा दृष्टि लाउनु मधेश आक्रोसको कारण हो । त्यसले पहाडे र मधेशि दुई कित्तामा छुट्याएको छ । फरक शैली र व्यवहारले पश्चिमा मुलुकमा काला र गोराजातिको जस्तै यीनिहरु बिचको विभेदको खाडल चौडा पारेको छ । दुई थरीविच आफ्नो बाहुल्य क्षेत्रमा कमजोडलाई घृणा गर्ने बातावरण सिर्जना गरेको छ । पुस्तकले कतै कतै मधेशलाई उचालेको जस्तो आभाष दिन्छ । भारतलाई गल्ती नगरेको बनाईन्छ । हरेक विषयमा पात्रहरु बोल्छन लेखकलाई दोष लाउने ठाउ भेटिन्न ।

यस्तै विभेदपुर्ण समस्या राष्ट्रिय पार्टिहरुले बेलैमा सम्बोधन गरेनन् । मधेशिको बाहुल्य क्षेत्रमा पहाडेले चुनाव जिते र त्यसैमा मख्ख रहे । भित्र भित्रै त्यो जमिनदारी हैकमी प्रथा विरुद्ध भुसको आगो झै आक्रोस फैलिरहयो । गणतन्त्र पछि उदाएका मधेशी क्षत्रिय पार्टिहरुले नेतृत्व गरेर दन्काईदिए । राजा नरहे पछि पुरानै देखिका जमिन्दार, ठालु, मालिक पनि जान्छन् भन्ने भावनाको विकास भयो । ठुला पार्टि बाट मधेशी नेता अलग भए । उनिहरुले जातिय क्षेत्रीय भावनाको मत बटुले । पहिलो संविधान सभाको चुनावमा आउदा कांग्रेश एमाले नराम्रै संग मधेश बाट लघारीए ।

जसले जिते उनिहरु पनि सत्ताको पासोमा अल्झीए । मधेशिका समस्या चटक्कै छोडेर जता बाट हुन्छ त्यतैकोे भ¥याग चढेर सत्तामा उक्लिए । अझ भारतीय स्वार्थ पुर्तिका लागि मधेशी मोर्चा मात्रै होईन पार्टिलाई पनि टुक्रा टुक्रा बनाएर तहस नहस बनाए । अर्कोपटक मधेशि समुदायलाई सत्ता र नेतृत्व प्रति अविश्वास भयो । दोश्रो संविधान सभामा पुग्दा तिनलाई पनि पत्ता साफ बनाईदिए । राट्रिय स्तरमा पुगेका पटक पटक मन्त्रि खाएकाहरु पनि संसद पदमै गुल्टीए । पुस्तकले भारतीय स्वार्थलाई निकै सरल ढंगले उदांगो बनाएको छ । नेपाली पेदाहरुको चर्तिकलालाई पनि लिपिबद्ध गरेको छ ।

मधेशी र माओवादि नबोदीत शक्तिहरुको उदय र पतनको कारण भेटाउन पुस्तकले सहयोग गर्छ । उनिहरुमा पटक पटक आउने हलचल, परिवर्तन एवं जनआकांक्ष विरुद्धका कदमका कारण पनि सतहमा ल्याईदिएको छ । जनतालाई आफ्नो बनाउनु भन्दा भ्रममा पार्ने, झुक्याउने र बाह्रिय शक्तिलाई रिझाएर स्थायीत्व खोज्ने प्रबृत्तिको भण्डाफोर गरेको छ ।

भारतको हिन्दु राष्ट्र र संवैधानिक राजा प्रतिको मोह घटेको छैन । हिजो राजा संग एक्लै डिल गरेको भारत अहिले फेरीइरहने सरकार र व्यक्ति बाट आजित भएको छ । उसले चिन तिब्बत बाट हुन सक्ने सुरक्षा चासोका बिषय लिएर नेपाल सरकारलाई काबुमा राख्न खोज्छ । पुर्व प्रम स्व. गिरीजा प्रसाद कोईराला व्यक्ति बादी प्रबृतिका मानेको छ । तिनले राष्ट्रिय स्तरको योजना कार्यक्रम बनाउनै सकेनन् । प्रचण्डलाई आक्कल झुक्कल महोन बैद्यहरुको कडा लाईनमा फस्ने भएकाले विश्वास नगर्ने नेता मानेको छ । कटर पन्थि खेमालाई मुलधारमा समाहीत गर्ने वा निश्प्रभावी बनाई सिमान्तकृतमा धकेल्ने भारतको शर्तले माओवादि फुटमा पनि भुमिका खेलेको देखिन्छ । संसदलाई किनबेचमा समेत भारतको लगानी देखाउ“छ । धेरै नेताले भोट मागेर जित्ने सम्मको स्वतन्त्र हैसियत गुमाएका छन् । जसले पटक पटक अबसर पाए उनिहरुले भारतको आर्शिर्बाद बाटै हात धोएका छन् । पुस्तकले सत्तामा पुग्ने भारत निर्विकल्प शक्ति जस्तो बुझाउछ ।

पुस्तक गणतन्त्रको सङघर्ष, नेपालको समकालीन ईतिहास उज्ज्वल प्रसाईले अनुवाद गर्नुभएको छ । नेपाली बजारमा फाईन प्रिन्टले फिजाएको हो । यो गणतन्त्रको लागि संघर्ष गरेका र त्यसपछि बिकास गरेका माओवादि र मधेश बादि तिर लक्षीत देखिन्छ । तिन सय एकासी पेज लामो पुस्तक छ । चार भाग र १२ पाठ छन् । नढा“टेर लेख्दा अरु सबै अक्षरस पढे“ भाग चार हेरिन । जनता बुक घोराहीका रामभक्त गुप्ताले २० प्रतिशत छुट सहित दिएको चार सय २४ रुपैया“ मूल्य पहिढ नसक्दै असुल गरेको महशुस भयो ।

अन्तमा सुझाव दिदा

मूल्यको पुस्तकका अक्षर अलि मोटा बनाउनु पर्दथ्यो । सायद प्रकाशकलाई धेरै कामाउने लोभ लाग्यो होला या त अनुवाद गर्दाको खर्च असुल्न कञ्जुसाई गर्नुपरेको हुनुपर्छ । अबका प्रकाशनमा लोभ नगर्न प्रतिष्ठत फाईन प्रिन्टलाई सुझाव दिन्छु । लेखकलाई नाली बेली खोल्दै जा“दा अलि निर्मम बन्नुपर्छ भन्ने सल्लाह दिन मन लाग्यो । कतिपय कुरा थाहै नभएका हुन कि लुकाएको संका उब्जाएको छ ।

यद्यपी प्रयास, परिश्रम र लगानी स्राहनीय छ । गणतन्त्रलाई केहिले ठुलो उपलब्धी र कतिले केहि पनी भैन भन्ने बहस चलाएको बेला विदेशी पत्रकारले गणतन्त्रको मुल्य तोक्ने ‘गणतन्त्रको सङ्घर्ष’ पुस्तक नेपालीका हातमा थमाईदिएका छन् । लुसुक्क पस्ने, सुटुक्क भेट्ने, खुसुक्क कुरा खोल्ने, सुलुत्त निश्कने अत्यन्तै खतरनाक जासुस जस्तै पत्रकार झा“लाई बधाई छ । द हिन्दुका नेपाल सम्वाद दाता र हिमाल साउथ एसियाका लागि कन्ट्रिव्यूटिङ एडिटरका कुरालाई बिश्वास गर्न सकिन्छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*