Monthly Archives: November 2016

उपचार अभावमा सुत्केरीको मृत्यु

deadbodyofwoman

ओखलढुंगा, ६ मंसिर । उपचार अभावमा ओखलढुंगामा एक सुत्केरीको मृत्यु भएको छ । सोमबार विहान सामान्य अवस्थामा घरमै छोरी जन्माएकी रगनी गाविस ७ की २३ वर्षीया रीता मगरको उच्च रक्तस्रावका कारण मृत्यु भएको हो । विहान करिब ९ बजे घरमै सामान्य तरिकाले छोरी जन्माएकी मगरको अपरान्ह ३ बजेतिर मृत्यु भएको स्थानीय सुशिला घिमिरेले जानकारी दिइन् । ‘गाउँमा रहेको स्वास्थ्य संस्थामा ...

Read More »

गजल : तारा पराजुली

tara g

केही बोलेनौ भावुक बनी छुट्ने बेला उस्तै उदास थिएँ म पनि छुट्ने बेला। भिजेका आँखा अबरुद्ध गला लिएर गयौ गएँसम्म नभनी छुट्ने बेला। बढदो धडढ्कन भक्कानिएको आवाज सम्झायौ आउने दिन गनी छुट्ने बेला। जब यादहरु ब्युंझेर हेर्न थाले रित्तो बाटो सम्झिरहें उही मनको घनी छुट्ने बेला। अन्यौल थिए ताराआकाश मौन थियो यस्तै यस्तै देखेथेँ सपनी छुट्ने बेला।

Read More »

कलाकारबाट नेतृ बनेकी कोमललाई प्रश्न : राजनीतिमा प्रवेश गर्ने मुड कसरी बन्यो ?

komal-oli

काठमाडौँ – चर्चित गायिका कोमल वलीले सरप्राइज दिँदै आज एकतापछि नवगठित राप्रपामा प्रवेश गरेकी छिन् । सँधै एमाले अध्यक्ष केपी ओलीसँग देखिने वलीलाई धेरैले राजनीतिमा लागे एमालेमै जानेछिन् भन्ने लागेको थियो । एकपटक अन्तर्वार्तामा पनि उनले आफ्नो सोच केपी ओलीसँग मिल्ने बताएकी थिइन् । तर, सबैको अनुमान विपरित उनी राप्रपा प्रवेश गरेकी छिन् । कोमल भने आफूले आफ्ना फ्यानलाई सरप्राइज ...

Read More »

गजल : शिव पराजुली

15086787_745114402309428_114062343_n

यो आगो कसरी भो पानीकसरी भो हिजोको बालक जवानी कसरी भो सोच्छु पत्थरलेबनेका मान्छेहरुको चिता कसरी भो खरानी कसरी भो म रगत र पसीनाले पैसा साटदैछु कुर्सिमा बस्नेको आम्दानी कसरी भो पर्दा पछाडी र अगाडीबाट देसलुटने इ अपराधी मर्दा मलामी कसरी भो अब गजललेखेर धराहरा बनाउछु कसैले नभनोस लगानी कसरी भो हाल मलेसिया

Read More »

बालुवाटारमा ओली कडि्कए पछि संविधान संशोधनमा सहमति जुटेन

3dalkaneta

काठमाडौं , ६ मंसीर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बालुवाटारमा बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) सँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । तर, ...

Read More »

चर्चित लोकगायिका कोमल वली राप्रपामा

komal-oli

काठमाडौं, ६ मंसिर । लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे । आफ्नो सम्बोधनको अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । लगत्तै उनले लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले ...

Read More »

पूर्व डिआइजी पनि नयाँ शक्तिको केन्द्रीय कार्यसमितिमा थपिए

ccmeeting-mansir6-1-1-1024x694

काठमाडौ ६ मंसिर । नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसिमितिको बैठकले मातृभुमिका लागि युवा अभियानका संयोजक सुनिल खडका र पुर्व डि आई जी अशोक श्रेष्ठलाई केन्द्रिय कार्यसमितिमा थप गरेको छ । सोमबाट शुरु भएको वैठकमा विशेष राजनीतिक समितिको निर्णय अनुसार अर्का केन्द्रिय कार्यकारी सदस्य सोनाम छिरिड शेर्पा विरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले पार्टीको विधान वमोजिम स्वत निलम्वन भएको र मुमाराम खनाललाई ...

Read More »

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक

_dsc8088

मंसीर ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा प्रारम्भ भएको छ । साँझ पाँच बजेबाट सुरु भएको बैठकमा संविधान संशोधनसँग सम्बन्धित विषयमा छलफल चलिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री ...

Read More »

क्लिन तुलसीपुर ग्रिन तुलसीपुरमा मन्त्री पनि सहभगि हुँदै

clean-tulsipur-green-2

बिमल गौतम तुलसीपुर, ६ मंसिर । भोलि मंगलबार हुने क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा नेपाल सरकारका मन्त्रि सहभागि हुनुहुने भएको छ । प्रत्येक मंगलबार हुने सरसफाई अभियानमा भोलि मंगलबार नेपाल सरकारका सिचाई मन्त्रि दिपक गिरी सहभागि हुने कार्यक्रम तय भएको तुलसीपुर उद्योग बाणिज्य संघले जनाएको छ । बिगत ४ महिना अघि देखि तुलसीपुर बजार क्षेत्रलाई सफा एव हराभरा बनाउनका ...

Read More »

हिमाल,पहाडमा भुभागको आधारमा र तराईमा जनसंख्याको आधारमा सिमाङन गर्नु पर्छ – कोइराला

15179107_1346493005375287_2852930118654318773_n

चेतन रेग्मी मंसीर ६ तुल्सीपुर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले मधेशको राष्ट्रियतामा शंका नर्गन सवैमा आग्रह गर्नु भएको छ । नेपली काग्रेस दाङले आज क्षेत्र नम्वर ४ को पार्टि कार्यालयमा आयोजना गरेका कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले मधेशिहरु पनी यहि देशका नागरिक भएका कारण उनीहरुको राष्ट्रियतामा शंका गर्नु गलत भएको बताउनु भएको हो । मधेशि जनताले आफनो अधिकार माग्दा ...

Read More »