Monthly Archives: November 2016

माग अनुसारको विधेयक आएन: गठबन्धन

20042016080742sanghiya_gathabandhan-1000x0

काठमाडौं, १५ मंसिर । संघीय गठबन्धनले आफ्नो माग अनुसार संविधान संशोधन विधेयक संसदमा दर्ता नभएको भन्दै आपत्ति जनाएको छ । गठबन्धनले विज्ञप्ती निकालेर आफ्नो असहमतिका बाबजुद सरकारले संशोधन प्रस्ताव दर्ता गरेर ठूलो गल्ती गरेको जनाएको हो । दर्ता गराइएको विधेयकमा मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन नगरेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनको मुख्य माग रहेको ...

Read More »

गायिका मेलीनालाई प्रेम प्रस्तावको ओइरो

13322106_493121234229365_2154903636619711000_n

चर्चित गायिका मेलीना राईले १२ वर्षको उमेरदेखि गीत रेकडिङको अनुभव संगालेकी छिन् । उनले पहिलो पटक १२ वर्षको उमेरमा आफ्नै बुवाको कम्पोजमा स्वदेशगान गाएकी थिइन् । उनी संगीतमा लागेको ८ वर्ष भइसकेको छ । यो आठ वर्षको अवधीमा उनले तीनसय भन्दा धेरै गीतमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् । ५० जति कलेक्शन एल्बममा उनको आवाज छ । त्यस्तै उनले एउटा ...

Read More »

५ नम्बर प्रदेश टुक्र्याएको भन्दै विभिन्न स्थानमा प्रदर्शन, वुटवलमा यातायात ठप्प

64251f608877ccc5fdd54e805705c311

वुटवल, १५ मंसिर । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको बिरोधमा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ। बुटवलमा अनेरास्ववियु लगायत विद्यार्थी र सर्वसाधारणले बिहानैदेखि सडकमा नाराजुलुस सहित टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सत्तारुढ दलकै स्थानीय नेता कार्यकर्ताको पनि उपस्थिति छ । प्रदर्शनका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण ...

Read More »

७२ जना यात्रु रहेको जहाज कोलम्बियामा दुर्घटना

16111117asdfk0-dsafj70asdf

एजेन्सी, १५ मंसिर । कोलम्बियामा ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु रहेको जहाज मंगलबार बिहान दुर्घटना भएको छ । कोलम्बियाको बोलिभियाबाट उडेको चाटर्ड जहाज मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापोकोएन्सेका सदस्यसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । टिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा मेडेल्लिनको टिम एथ्लेटिको नासिओनालसँग खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको ...

Read More »

प्रधानमन्त्री भन्छन्- अब देश निर्वाचनतर्फ अघि बढ्यो

dsc0231-848x478

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका–संसदमा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताए । “हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको ...

Read More »

५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा रोल्पा बन्द

map-of-rolpa-district-1-13

रोल्पा, १५ मंसिर । रोल्पालगायत पहाडी जिल्लाहरूलाई ५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोध गर्दै आज रोल्पा बन्द गरिएको छ । सरकारले पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेको विरोधमा आन्दोलित बनेका रोल्पालीहरूले जिल्ला बन्द गरेका हुन् । बन्दका कारण बजार, कलकारखाना तथा यातायातका साधनहरू ठप्प छन् । जिल्लाको सर्वदलीय÷सर्वपक्षीय सङ्घर्ष समितिले साताव्यापी रूपमा आह्वान ...

Read More »

ज्योति भन्छिन्, ‘मलाई ब्याड ब्वार्इ मन पर्छ’

31082015072850lux_7942-600x0

इटहरी । चारैतिर ठूला र बलिया पर्खाल अनि सुरक्षाकर्मीको कडा सुरक्षाव्यवस्था रहेको झुम्का कारागारबाट त्यहाँका कैदीबन्दी र गतिविधि हतपती बाहिरिँदैनन्। तर, कारागारभित्रको सांगीतिक कार्यक्रम अनि दर्शकको रूपमा रहेका कैदीबन्दीले गरेको हुटिङको आवाजलाई केहीले छेक्न सकेन। लामो समय निरस र एकोहोरो जीवन बिताइरहेका कैदीबन्दी दिनभर नाचगान गर्दै रमाउँदै थिए। झन्डै दुई सय कैदीबन्दी सहभागी कार्यक्रमको बीचबीचमा उद्घोषकद्वय जीबी गजल र चन्दा ...

Read More »

तिहारपछि खेलिने अनौठो भैलो

dheushi-bhailo

जाजरकोट, १५ मंसिर । जाजरकोटको सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ । गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके तथा भैलोका पुजारी) शेरबहादुर खत्रीले बताए । यो ...

Read More »

भुरिगाउँ–मूर्तिया हुलाकी सडक निर्माणको तयारीमा

1461862077_2417_1

वर्दिया, १५ मंसिर । बर्दियाको भुरिगाउँदेखि गुलरिया हुँदै मूर्तियासम्मको हुलाकी सडक निर्माण कार्य शुरु हुने भएको छ । सडक निर्माणका लागि दुई ओटा ठेकेदार कम्पनीले जिम्मा पाएपछि सडक निर्माणको काम शुरु हुने भएको हो । सडक निर्माणका लागि आह्वान गरिएको टेण्डरमा भुरिगाउँ—गुलरिया हुलाकी सडकका लागि दुवै तर्फबाट सडक निर्माण कार्य शुरु हुने गरी ती दुई कम्पनीले निर्माणको जिम्मा पाएका छन् ...

Read More »

प्रवासको कमाइ गाउँको स्कुलमा

school-terathum

तेह्रथुम, १५ मंसिर । तेह्रथुमको सम्दु–३ मा जन्मेर प्रवासमा कार्यरत सुमिना चोङवाङले गाउँमा अंग्रेजी माध्यमकोे विद्यालय खोलेका छन् । छोरा–छोरी पढाउनकै लागि गाउँबाट निरन्तर शहरतिर बसाइँ सर्नेको लर्को लाग्न थालेपछि चोङवाङले गाउँमै अंग्रेजी माध्यमबाट पढाई हुने निजी विद्यालय खोलेका हुन् । उनले विद्यालय सञ्चालनका लागि ३५ लाख रुपैयाँ खर्चेर २ तले १० कोठे भवन निर्माण गरी गाउँमै गुणस्तरीय शिक्षा प्रदानका ...

Read More »