Monthly Archives: November 2016

एक आपसमा गाडि ठोकिदा दर्जन बढि घाइते

road-accident-300x263-2

तुलसीपुर, १०  मंसिर ।  गाडि एक आपसमा ठोकिदा दाङमा दर्जन बढि घाईते भएका छन् ।  दाङको सङ्ग्राम खोलामा  दुईवटा गाडी आपसमा ठोक्किदा सात जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अन्य घाईतेको अबस्था सामान्य रहेको छ ।  तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको २ ख २५४९ नम्वरको यात्रुबत्रहाक बस र  घोराहीवाट पश्चिम  पुरन्धारातर्फ पिक्निकको लागि मानिस बोकेर ...

Read More »

जनस्वास्थ्य दाङ कार्यसम्पादनमा खस्कियो

15151111_636536573200940_2054331488_n

दिपक बोहरा , तुलसीपुर १० मंसिर ।  जिल्ला जनस्वास्थ्य कार्यालय दाङ कार्यसम्पादनमा खस्किएको छ । जनश्वास्थ्य कार्यालय दाङ आर्थिक बर्ष २०७१÷०७२ मा मध्यपश्चिमको एक नंम्वर र देश भरकै पाँच नम्वरमा पर्न सफल भएको थियो । तर, २०७२/०७३को कार्यसम्पादनमा जनस्वास्थ्य कर्यालय दाङ खस्किएर मध्य पश्चिममा आठौं नम्वर र देशभरको २९औं नम्वरमा परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य प्रमुख घनश्याम ...

Read More »

सिचाई कुलो निर्माणमा २ करोड ६२ लाख वजेट

sinchai

तुलसीपुर १० कात्तिक ।  तुलसीपुर नगरपालीका वडानं १० डाँडाखुटि सिचाई योजना निर्माणका लागि २करोड ६२लाख वजेट परेको जिल्ला सिचाइ डिभजन कार्यालय दाङले जनाएको छ । पातुखोलामा रहेका कुला मध्य सवैभन्दा माथिवाट आएको डाँडाखुटि सिचाई योजनाका लागि मझौला सिचाई आयोजना मार्फत उक्त वजेट विनियोजन भएको जिल्ला सिचाई डिभजन कार्यालय दाङका ईन्जीनियर मदन शाहले जानकारी दिए । डाँडाखुटि सिचाई योजनाको टेण्डर आहावान ...

Read More »

बिनाधितो बैदेशिक रोजगार

baidesik-rojgari_janganana_201212010916141

तुलसीपुर १० मसिंर ।  नेपाल महिला सामुदायीक सेवा केन्द्र दाङले बैदेसीक रोजगार कर्जा शुभारम्भ गरेको छ । केन्द्रले शुक्रबार तुल्सीपुरमा एक कार्यक्रम गरी सेवाको औपचारिक रुपमै सुरुवात गरेको हो । दाङ, सल्यान,प्यूठान र रोल्पा कार्यक्षेत्र वनाएको सेवा केन्द्रले बैंक नभएका स्थानमा सेवा पुराउने उद्धेश्यले सातवटा नया साखा खोलेको जनाएको छ । केन्द्रले वित्तीय सेवामा पहुँच अभिबृद्धी कार्यक्रम अन्र्तगत सक्षम काठमाण्डौको ...

Read More »

डेंगुबाट बच्न सचेतना

dengu

तुलसीपुर १० मंसिर ।  दाङमा औलो र डेंगु रोगका संक्रमितहरु बढ्दै जान थाले पछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोगबाट बच्न सचेतना अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाईबाट सर्ने यी दुई रोगबाट बच्नका लागि नागरिकहरुलाई सचेत बनाउने अभियान भैरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । बितेको चार महिनामा औलोका २० जना विरामी अस्पतालमा पुगेका छन भने कार्तिक र मंसिरमा ८ जनामा डेंगु ...

Read More »

दाङमा सवारी चालक अनुमति पत्रको आवेदन खुला

98bce7d9d49222dae020697d2909b8d4_xl

इन्द्रेणी संवाददाता दाङ, १० मंसिर । दाङमा सवारी चालक अनुमति पत्रको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले विभिन्न प्रकृतिका सवारीका लागि मंसिर १२ गतेदेखि २३ गतेसम्म चालक अनुमति पत्रको आवेदन खुला गरेको हो । जसअनुसार मंसिर १२ र १३ गते पावर टेलर र टेक्टर, १४ र १५ गते वस, ट्रक, मिनी ट्रक, १६ गते डोजर, रोलर, ...

Read More »

नरभक्षी चितुवा मार्न नसकेर प्रहरी फर्कियो

be2e1bf7b5f59665c36af28857de575b

बैतडी, १० मंसिर । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ । तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले ...

Read More »

लैगिंक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु

15228100_1191559467602043_886540879_n

इन्द्रणी संवाददाता दाङ, १० मंसिर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको आज दाङमा औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । लैगिंक हिंसा अन्त्य तथा लैगिंक ससक्तिकरण जिल्ला संयोजन समिति दाङको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले अभियानको उद्घाटन गरेका हुन् । घोराहीमा आज निकालिएको रयाली । तस्विर आरके शितल उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले लैगिंक हिंसा सधैका लागि ...

Read More »

इजरायलमा भीषण आगलागी, ८० हजार विस्थापित

israil

मंसिर १० – इजरायलमा भीषण आगलागी भएको छ । आगलागीबाट झण्डै ८० हजार मानिस विस्थापित भएका छन् । इजरायलको तेस्रो ठूलो शहर हाइफाको जंगलमा लागेको आगो बस्तीसम्म फैलिएको हो । दुई महिनासम्मको खडेरीपछि दक्षिणतिरबाट तीब्र गतिमा चलेको हावाका कारण आगो फैलिरहेको बिबिसीले जनाएको छ । विमानबाट ग्यास प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगालागीका कारण जेरुसेलम र इजरायलको ...

Read More »

माओवादी केन्द्रको बैठक स्थगित

images-1

काठमाडौं, १० मंसिर । आज दिउँसो बस्ने भनिएको माओवादी केन्द्रको बैठक स्थगित भएको छ । मन्त्रिपरिषद्को बैठकमा पेश गरिने संविधान संशोधनको मस्यौदा टुंगो नलागेपछि शुक्रबार ३ बजे बस्ने भनिएको माओवादीको हेडक्वार्टर बैठक स्थगित भएको हो । माओवादी बैठक शनिबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Read More »