५ नम्वर प्रदेश टुक्राउने प्रस्तावको बिरोधमा एमाले भातृ संगठनद्धारा चक्काजाम

तुलसीपुर  १५ मङ्सिर । अनेरास्ववियु र युवासंघ दाङले प्रदेश नम्वर ५ लाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा दाङमा एक घण्टा चक्का जाम गरेको छ । संविधान संशोधन तत्काल फिर्तालिन आग्रह गर्दै सांकेतिक बिरोध स्वरुप चक्का जाम गरिएको अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए । तुलसीपुरमा भएको बिरोध सभालाई संवोधन गर्दै युवा संघ नेपालका अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र केसीले तत्काल पाँच नम्वर प्रदेश टुक्राउने कदम सच्चाउन आग्रह गरे ।

a1

एमाले दाङका सचिव समेत रहेका उनले सम्पुर्ण दंङगालीबासीलाई आन्दोलनमा साथ दिन आग्रह गरे । यसैगरी एमाले सल्यानका पूर्व अध्यक्ष लोकबहादुर डाँगीले बिरोध पनि भारतको इसारामा ५ नम्वर प्रदेशलाई टुक्राउने कदम भएको भन्दै बिरोध गरे । यस्तै एमाले दाङका सदस्य एवं तुलसीपुर नगरका इन्चार्ज कृष्ण भुसालले बिरोध नै नरहेको ५ नम्वर प्रदेशलाईका नागरिकलाई सरकारले जिस्काउन खोजेको भन्दै तत्काल संविधान संशोधन प्रस्ताव फिर्ता नलिए आन्दोलनको आदिवेहरी ल्याउने बताए ।

a2

सो अवसरमा नेकपा एमाले दाङका सदस्य चुर्णबहादुर वली,पदम केसी,शुरेश आचार्य, विद्यार्थी नेताहरु सुरेश रावत,रविन्द्र डाँगी, प्रकश रावत, सिएम विश्वकर्मा, रविन वली, आश्मा खातुन लगाएत सयौँको सहभागिता रहेको थियो । सरकारले तत्काल आफ्नो कदम नसच्चाए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियुका प्रबक्ता वर्षात भण्डारीले जानकारी दिए ।

आज साँझ सम्म सरकारका कदम हेरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनले बताए । सरकारले पहाडी जिल्लाहरु रोल्पा, प्युठान, गुल्मी अर्घाखाँची, पाल्पा लगाएतका जिल्लालाई ५ नम्वर प्रदेशबाट छुट्टाउने र अंगिकृत नागरिकता खुकुलो गराउने गरी हिजो संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि दाङ सहित विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*