पत्रकार लामाको परिवारलाई आर्थिक सहयोग

ललितपुर, १५ मंसिर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पार्षद स्वर्गीय दिलिप लामाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।  बुधवार एक कार्यक्रमको आयोजन गरी नेपाल अमेरिका जर्नलिष्ट एशोसिएसन (नाजा) बाट प्राप्त ५२ हजार ९ सय ८० रुपैया र नेपाल पत्रकार महासंघले ललितपुर शाखाले ५ हजार रुपैँया सहयोग गरेको हो ।

img_7454

उक्त सहयोग स्वर्गिय पत्रकार लामाकी जीवनसंगिनी गितादेवी ग्यावालाई नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट र ललितपुर शाखा अध्यक्ष लेखनाथ न्यौपानेले हस्तान्रण गरे ।  ब्लड क्यान्सरबाट पिडित पत्रकार लामाको साउन २० गते ३२ बर्षको उमेरमा निधन भएको थियो । उनकी एक नाबालक छोरी समेत छिन ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*