चित्रबहादुरले मुख खोले- ‘संघीयता नै देशको लागि क्यान्सर भयो’

काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नै देशको लागि क्यान्सर भएको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले आफ्नो पार्टी संघीयताको पक्षमा कुनै हालतमा नभएको भन्दै अहिले संघीयताका कारण मुलुक जलिरहेको दावी गरे ।

chitra-bahadur-kc

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले संसदमा दर्ता भएको संविधान संसोधन विधेयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको आरोप लगाए । तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्यअनुरुप नै भारतले नयाँ सरकारको सेटिङ मिलाएको आरोप उनको छ । ‘केपी ओली सरकार विस्तापित गरेर आफ्नो एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समीकरण भारतले नै मिलाएको हो’, केसीले भने ।

बहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको उल्लेख गर्दै अध्यक्ष केसीले संघियता नै देशको लागि क्यानसर भएकाले सचेत रहन सबैसँग आग्रह गरे ।

मदेशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भएको उनको आरोप थियो । केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारित हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*