बसपार्कबासी नगरपालिका डेलिगेशनमा

nagarpalikaतुलसीपुर १६ मंसिर ।  तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने कार्यलाई अगाडि बढाउनका लागि दवाव शिर्जन गर्न एक टोली बुधबार नगरपालिमा डेलिगेशन गएको छ । तुलसीपुर बसपार्क क्षेत्रका ११ बढि टोल बिकास संस्थाहरु संगठित भई डेलिगेशन गएको संयाजक बिर बहादुर वलीले बताए ।

बसपार्क धुलाम्मे हुँदा वातावरण प्रदुषण भई मानबिय स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै छिटै आधुनिक बनाउन उनीहरुको माग छ । बसपार्कलाई आधुनिक बनाउन जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको अध्यक्ष वलीले बताए ।

उनले भने ‘ हामी बसपार्क निर्माणका लागि जस्तो सुकै संघर्ष र सहकार्य गर्न पनि तयार छौं । ’ यस पटक (तेस्रो पटक) पनि टेण्डर स्वीकृती भएन भने आफुहरु आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिएका थिए ।

साथै आधुनिक बसपार्कलाई छिटै पुर्णता दिन माग गर्दै तुलसीपुर नगरपालिकालाई ज्ञापन पत्र पनि बुझाएको छ । संघर्ष समितिका संयोजक बिर बहादुर वलीले नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्कलाई स्तरउन्नतीका लागि आफु सधै तत्पर रहेको बताए ।

बसपार्क बासीको मागलाई सम्बोधन गर्नका लागि आफु हरकदम प्रयास गर्ने आस्वासन दिए । उनले आधुनिक बसपार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन आफ्नो चिन्ता र चासोको बिषय बन्दै आएको उनको भनाई थियो ।

बसपार्कको धुलोले गर्दा त्यहाँका ११ भन्दा बढि टोलका करिब ५ हजार भन्दा बढि मानिश प्रभाबित हुँदै आएका छन् । अहिले तुलसीपुर बसपार्कमा दैनिक १५ हजार बढि यात्रुहरु आवत जावत गर्ने गरेका छन् ।

About Kesharman Bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*