गायिका मेलीनालाई प्रेम प्रस्तावको ओइरो

चर्चित गायिका मेलीना राईले १२ वर्षको उमेरदेखि गीत रेकडिङको अनुभव संगालेकी छिन् । उनले पहिलो पटक १२ वर्षको उमेरमा आफ्नै बुवाको कम्पोजमा स्वदेशगान गाएकी थिइन् ।

13322106_493121234229365_2154903636619711000_nउनी संगीतमा लागेको ८ वर्ष भइसकेको छ । यो आठ वर्षको अवधीमा उनले तीनसय भन्दा धेरै गीतमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् । ५० जति कलेक्शन एल्बममा उनको आवाज छ । त्यस्तै उनले एउटा सोलो एल्बम निकालेकी छिन् ‘बहार’ । अहिले उनी दोस्रो एल्बमको तयारीमा छिन् । आफ्नो जादुमय अवाजले सबैलाई लठ्ठ बनाएकी गायिमा मेलिनाले सुन्दरताबाट पनि सबैलाई भुतुक्कै बनाएकी छिन् । धेरैले उनलाई छोटो समयमानै सफलता पाएकी गायिकाको रुपमा पनि लिन्छन् । तर यस बारेमा उनी भन्छिन् ‘मलाई छोटो समयमै सफल भएकी गायिका भन्नु बिलकुलै गलत कुरा हो ।’

10418940_245287749012716_1727715365891939283_nउनको संगीत यात्रा निकै पहिले सुरु भएको थियो। पिता नै म्युजिक टिचर भएका कारण उनले सानै उमेरदेखि नै म्युजिक सिक्ने सौभाग्य पाइन् । आफू संगीत क्षेत्रमा भएका कारण उनका बुवा आमाले पनि छोरीले संगीतमै केही गरोस् भन्ने चाहना राखेका थिए । सानैदेखि म्युजिक सिकेकी उनले आफ्नो सीपको सहि सदुपयोग गर्न पाएकी छिन् ।

दार्जिलिङको कर्स्याङमा जन्मेकी उनी सानैदेखि काठमाडौंमा बस्दैआएकी छिन् । मेलीनाको पुर्ख्यौली घर खोटाङ हो भने हाल उनीहरुको स्थायी ठेगाना मोरङको रमिते खोला हो । गायनसँगै सुुन्दरताका कारण चर्चामा आउने मलीनालाई अहिले विवाह र प्रेमबारे प्रश्न सोध्नेहरुको पनि भिड छ ।

विवाह र प्रेमका बारेमा कमै बोल्ने मेलीनालाई बाहिरी रुप भन्दा पनि भित्री रुप राम्रो भएको केटा मन पर्छ रे । तपाईँ कस्तो जीवन साथी चाहनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, बिशेष गरी महिलालाई आदर गर्न जानेको । सफा मनको । बाहिरी रुप भनेको देखाउनलाई मात्रै हो । त्यो रुपले जीवनमा खुसी दिँदैन । त्यस कारण केटा भनेको सफा मनको अरुलाई आदर गर्न जानेको हुनुपर्छ ।

मसँग विवाह गर्ने व्यक्तिले मलाई त बुझ्नुपर्छ नै यसका साथै म्युजिकलाई माया गर्न सक्नुपर्छ । हुनेवाला जीवनसाथी ह्याण्डसम होस् भन्ने चाहना त सबैको हुन्छ तर बिशेष गरी मैले मन पराएको क्षेत्रलाई माया गर्न जानेको व्यक्ति नै मेरो जीवन साथी बन्ने छ ।

About indreni Newsdesk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*